२० मंसिर २०८२, शनिबार | December 6, 2025

अक्सफोर्ड माविका नयाँ विद्यार्थीलाई स्वागत



बुटवल । उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड माध्यामिक विद्यालय बुटवलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले एक भब्य समारोहबीच स्वागत गरेका छन ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कक्षा ११ को विज्ञान व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ८३५ जना विद्यार्थीहरूलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि खेलराज पाण्डेले अक्सफोर्ड मावि बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट भएको हुँदा संस्थापक तथा प्राध्यापकहरुलाई धन्यवाद व्यक्त गरे । फरक प्रसङ्‌गमा कुरा गर्दै मेयर पाण्डेले बुटवल नगर वीरताको गाथा बोकेको तथा सांस्कृतिक सम्पदाको खानी भएको हुदा यसको जगेर्ना गर्नु विद्यार्थीहरूको पनि दायित्व रहेको बताए ।

स्वागत कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षाबोर्ड बुटवलका शाखा प्रमुख बाबुराम भण्डारीले अक्सफोर्ड मावि बुटवलले स्थापनाकालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउदै आएको हुँदा धेरै विद्यार्थी तथा अभिभावहरूको रोजाइमा परेको बताए ।

विद्यालयका प्राचार्य दिनेश भुसाल अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीलाई सम्मान तथा विभिन्न विद्यार्थीहरुका नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै राष्ट्रिय कलाकार प्रमोद खरेल र एलिना चौहानले विद्यार्थी तथा प्राध्यापकहरूलाई छमछमी नचाएका थिए । कार्यक्रम प्राध्यापक सुमन भुसालको स्वागत, नारायण सापकोटाको स्वागत गीत तथा विद्यार्थीहरू प्रशन्ना के.सी, वसन्त रेग्मी, आस्था रिजाल, प्रितम ज्ञवाली, सरस्वती खनाल र निष्मा पन्थीको संञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ५६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल