८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

बर्दियामा बाघ दिवस



बर्दिया । पाटेबाघ पाईने क्षेत्रकारुपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्जले विश्व बाघ दिवस विविध कार्यक्रम गरेर मनाएको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर निकुञ्जले शनिबार विविध कार्यक्रम गरेर दिवस मनाएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारी लगायतले ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा पूजा गरेर बाघ दिवसको आरम्भ गरेका थिए । बाघ दिवसकै सन्दर्भमा ठाकुृरद्वारामा स्थानीय विद्यालयका बालबालिका तथा संरक्षणकर्मी लगायत कर्मचारीले पञ्चे बाजा बजाउँदै र्यालीमा सहभागी भएका थिए । र्याली निकुञ्जको मुख्यालयमा गएर टुंगिएको थियो ।

निकुञ्ज परिसरमा बाघ संरक्षण, यसको चुनौती विषयक अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा बाघको सङ्ख्या वृद्धि भएसंगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो ।

छलफलका क्रममा बाघ संरक्षणका लागि मुख्य चुनौती चोरी सिकारी भए पनि पछिल्लो समय मानव र वन्यजन्तुबीच हुने द्वन्द्व पनि चुनौतीको रूपमा थपिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए  । बिरामी तथा बूढो भएको बाघ जंगल क्षेत्रबाट बाहिर निस्किएको अवस्थामा सिकार गर्न नसक्ने भएकाले बाघले द्वन्द्व बढाउने गरेको समेत उनले बताए  । बाघ र मानवबीच द्वन्द्व न्यूनिकरण गर्न रणनीतिक योजना बनाएर अघि बढेको प्रमुख संरक्षण अधिकृत भण्डारीले जानकारी दिए ।

बाघ र मानवबीच सहअस्तित्व काय हुने विषेश कार्यक्रम ल्याएर पाटे बाघ लगायतका वन्यजन्तुबाट हुने क्षती कम गर्न दिगो व्यवस्थानका लागि सरकारले बैकल्पीक उपाय खोज्नुपर्ने अथवा वन्यजन्तुमैत्री संरचना बनाउनु पर्ने निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेश थापाले बताए  ।

पर्यटन व्यवसायी कृष्ण प्रसाद भट्टराईले पर्यटन क्षेत्रलाई कृषिसंग जोड्न सके मात्रै पनि स्थानीयहरुको जिविकोपार्जनमा थप सहजता हुने बताए ।

करिब सय वर्षअघि विश्वमा बाघको संख्या १ लाखको हारहारीमा रहेपनि एक दशक अघिसम्म बाघको संख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यस्को संख्या दोब्बर बनाउने लक्ष्यसहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले दिवस मनाउने निर्णय गरेको थियो ।

सोही भेलाको निर्णय अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको छ । बर्दियामा गत वर्षको गणनामा बाघको संख्या ८७ बाट बढेर १ सय २५ पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । सन् २०१० देखि बाघ दिवस अन्तर्राष्ट्रियस्तरमा मनाउँदै आइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ११ : १४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी