६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग



वासिंग्टन डिसी । अमेरिकामा ग्रीन कार्ड आवेदकहरूले अब लामो प्रतीक्षा गर्नु पर्ने सिमा घटने भएको छ । अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ग्रीन कार्डका लागि आवेदन दिने १५० वर्ष पुरानो ब्याकलोग हटाउन माग गर्दै पत्र लेखेका छन, जसकाकारण ग्रिन कार्ड प्रतिक्षाको समयसिमा घटने देखिएको हो ।

भारतीय मूलका सांसदहरू राजा कृष्णमूर्ति र ल्यारी बुचसन लगायत ५६ सांसदहरूले विदेशमन्त्री एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी मन्त्री अलेजान्ड्रो मेयोर्कासलाई पत्र लेखेका छन् र रोजगार उन्मुख उच्च सीप भएका पेशेवरहरूलाई राहत दिन तत्काल कदम चाल्न माग गरेका छन् । यी सांसदहरूमा अमेरिकाको सत्तारुढ डेमोक्र्याटका साथै विपक्षी रिपब्लिकनहरू पनि पर्छन् ।

कन्सुलर अफेयर्स ब्यूरोले प्रकाशित गरेको रोजगारीमा आधारित भिसा बुलेटिनमा  ‘अर्जेन्ट’ भनी रोजगारीमा आधारित भिसा आवेदन प्रकाशित गर्न पनि सांसदहरुले आग्रह गरेका छन् ।

ग्रीन कार्ड मूलतः स्थायी निवासी कार्ड भनेर चिनिन्छ। यो अमेरिका आउने अन्य देशका नागरिकहरूलाई जारी गरिन्छ। ग्रीन कार्ड भनेको यसको धारकलाई संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास प्रदान गरिएको ग्यारेन्टी हो।

अमेरिकाले रोजगारीमा आधारित ग्रीन कार्डका लागि ७ प्रतिशतको सीमा तोकेको छ । भारतजस्ता देशले यसको पीडा भोगिरहेका छन्, जहाँ ब्याकलग अचम्मको १९५ वर्षमा पुगेको छ । फाउन्डेसन फर इन्डिया र इन्डियन डायस्पोरा स्टडिजले राष्ट्रपति जो बाइडेनलाई छुट्टाछुट्टै पत्र लेखेर समस्या समाधानको माग गरेको छ । संस्थाका खंडेराव काण्डले यो असमान ब्याक लोगले भारतीय प्रविधि व्यवसायी र अन्य प्रतिभाशाली पेशाकर्मीलाई मारमा परेको बताएका छन ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ४० बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल