९ बैशाख २०८३, बुधबार | April 22, 2026

अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग



वासिंग्टन डिसी । अमेरिकामा ग्रीन कार्ड आवेदकहरूले अब लामो प्रतीक्षा गर्नु पर्ने सिमा घटने भएको छ । अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ग्रीन कार्डका लागि आवेदन दिने १५० वर्ष पुरानो ब्याकलोग हटाउन माग गर्दै पत्र लेखेका छन, जसकाकारण ग्रिन कार्ड प्रतिक्षाको समयसिमा घटने देखिएको हो ।

भारतीय मूलका सांसदहरू राजा कृष्णमूर्ति र ल्यारी बुचसन लगायत ५६ सांसदहरूले विदेशमन्त्री एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी मन्त्री अलेजान्ड्रो मेयोर्कासलाई पत्र लेखेका छन् र रोजगार उन्मुख उच्च सीप भएका पेशेवरहरूलाई राहत दिन तत्काल कदम चाल्न माग गरेका छन् । यी सांसदहरूमा अमेरिकाको सत्तारुढ डेमोक्र्याटका साथै विपक्षी रिपब्लिकनहरू पनि पर्छन् ।

कन्सुलर अफेयर्स ब्यूरोले प्रकाशित गरेको रोजगारीमा आधारित भिसा बुलेटिनमा  ‘अर्जेन्ट’ भनी रोजगारीमा आधारित भिसा आवेदन प्रकाशित गर्न पनि सांसदहरुले आग्रह गरेका छन् ।

ग्रीन कार्ड मूलतः स्थायी निवासी कार्ड भनेर चिनिन्छ। यो अमेरिका आउने अन्य देशका नागरिकहरूलाई जारी गरिन्छ। ग्रीन कार्ड भनेको यसको धारकलाई संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास प्रदान गरिएको ग्यारेन्टी हो।

अमेरिकाले रोजगारीमा आधारित ग्रीन कार्डका लागि ७ प्रतिशतको सीमा तोकेको छ । भारतजस्ता देशले यसको पीडा भोगिरहेका छन्, जहाँ ब्याकलग अचम्मको १९५ वर्षमा पुगेको छ । फाउन्डेसन फर इन्डिया र इन्डियन डायस्पोरा स्टडिजले राष्ट्रपति जो बाइडेनलाई छुट्टाछुट्टै पत्र लेखेर समस्या समाधानको माग गरेको छ । संस्थाका खंडेराव काण्डले यो असमान ब्याक लोगले भारतीय प्रविधि व्यवसायी र अन्य प्रतिभाशाली पेशाकर्मीलाई मारमा परेको बताएका छन ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ४० बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका