२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवल-पाल्पा सडक खण्ड एकतर्फी खुल्यो



बुटवल । अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

राजमार्गको बुटवल-पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ दोभानस्थित हेडबक्स नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको प्रारम्भिक बिन्दुको माथिबाट पहिरो खसेको थियो । रातिदेखि नै ढुंगासहितको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा खुलाएर सवारी आवागमन सुरु गरिएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए ।

हाललाई रोकिएका सवारी पास गरेर दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । पुन: पानी नपरेमा दिउँसोसम्म पूर्णरूपमा सवारी संचालन हुने थापाले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : २८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती