४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले लुम्बिनी प्रशिक्षण भेला



नेपालगन्ज ।नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको एमाले जनप्रतिनिधिहरुको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रशिक्षण भेलाले सङ्घीयतालाई बलियो बनाउने गरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने निश्कर्ष निकालेको छ ।

भेलाको अन्तिममा एमाले नेता खिमलाल भट्टराईबाट बाचन गरिएको घोषणापत्रमा वडाको आर्थिक अधिकार बढाउन लागिपर्ने, देश र जनताको हितका लागि बढीभन्दा बढी केन्द्रित हुने, निर्वाचनमा गरिएका वाचा र घोषणापत्रप्रति प्रतिबद्ध हुने, जनसरोकारका सवालमा प्रतिबद्ध हुने उल्लेख छ । यसैगरी महिला प्रमुख र उपप्रमुख रहेको स्थानीय तहमा कुनै पनि खालको विभेद हुन नदिने र महिलालाई कार्यकारी पदमा प्रोत्साहन गरिनुपर्ने उल्लेख छ । घोषणापत्रमा निर्वाचन प्रणालीमा सुधार गरी गरिब जनताका सन्तान पनि जनप्रतिनिधि बन्न सक्ने बनाउन पहल गरिने, भ्रष्टाचार अन्त्यका लागि पहल गरिनेलगायतका विषय समेटिएको छ ।

कार्यक्रमको दोस्रो सत्रमा बोल्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलले एमालेविरुद्ध जतिसुकै भ्रम फिँजाइए पनि जनताको विश्वास र भरोसा जित्न सकेको पार्टी एमाले मात्रै भएको दाबी गरे ।

महासचिव शङ्कर पोखरेलले सङ्घीय सरकारले गरिरहेको विभिन्न गलत निर्णयको भण्डाफोर गर्नु आजको आवश्यकता भएको बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा एमालेबाट निर्वाचित, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको भेलामा सहभागिता रहेको थियो । प्रशिक्षण भेलाको शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : ३६ बजे

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर