४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्वपूर्ण आवश्यकता : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले खीर खाने दिनको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रको सार्वभौम सत्ता भएको बताएका हुन् ।

“राष्ट्र र राष्ट्रिय एकतालाई स्थायी बनाउनु सबै राजनीतिक दलको कर्तव्य हो”, उनले भने । सभापति देउवाले अहिले देशको आवश्यकता भनेको संविधानअनुसार सबै पार्टीबीचमा एउटा सहमति गरेर अगाडि बढ्नु भएको बताए ।

संविधानलाई स्थायीरूपमा अगाडि बढाउन कमी कमजोरी सुधार गर्नुपर्ने प्रशस्त ठाउँहरू भएको उनको भनाइ थियो । “अहिलेको महत्त्वपूर्ण कुरा राष्ट्र र राष्ट्रिय एकता हो, राष्ट्रको सार्वभौम सत्ता हो । यसलाई स्थायी बनाउने हाम्रो कर्तव्य हो, यसमा हामी सबै लाग्नुपर्छ”, सभापति देउवाले भने । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायी रूपमा सुदृढ गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले कांग्रेसले आफ्नो सरकारको पालामा गरेका राम्रो कामलाई जनतामाझ लैजान सके आगामी निर्वाचनमा झन् राम्रो नतिजा हासिल गर्न सकिने बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतलगायतले एकजुट भएर अगाडि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कुनै शक्तिले पराजित गर्न नसक्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ४३ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको