६ श्रावण २०८३, बुधबार | July 22, 2026

अमेरिकामा अचानक कोरोना संक्रमित बढे, सर्तकर्ता बढाइयो



वासिंगटन डिसी । अमेरिकामा कोरोना (कोभिड-१९) ले फेरि एकपटक चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले चेतावनी दिएको छ कि अमेरिकामा कोविड १९का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ । तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो ।

जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्यांकले देखाएको छ । गत हप्ता यो संख्या ६ हजार ४४४ थियो । जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको संख्या पनि बढिरहेको छ ।

जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो संख्या ०.४९ प्रतिशत थियो। एटलान्टामा सीडीसीका कोविड घटना प्रबन्धक डा. ब्रेन्डन ज्याक्सनले एनपीआरलाई भने, ‘लगभग छ सात महिनाको निरन्तर गिरावट पछि हामी फेरि वृद्धि देखिरहेका छौं ।’

उनले भने, ‘हामीले पछिल्ला केही सातादेखि तथ्यांक बढिरहेको देखेका छौं । र यो हप्ता, लामो समयमा पहिलो पटक हामीले अस्पताल भर्तीको संख्यामा वृद्धि पनि देख्यौं । यसको कारण गर्मीको अन्त्यतिरको लहरको सुरुवात हुन सक्छ ।’ उनले दक्षिण पश्चिममा केसहरूको वृद्धि उल्लेखनीय रहेको बताए ।

अझ ठूलो चिन्ताको विषयका बारे उनले भने, ‘एसियामा उत्परिवर्ती सबभेरियन्टहरू देखा पर्दैछन् । तर अमेरिकाका अधिकांश मानिसहरूको लागि यी प्रारम्भिक संकेतहरूले धेरै अर्थ राख्दैनन् ।

तर अमेरिकामा कोविड दरहरू अझै पनि ‘ऐतिहासिक कमको नजिक’ छन् ।  उनले भने, देशमा समग्र संक्रमण सम्बन्धी मृत्यु घट्दै गएको छ र सिडिसीले ट्र्याक राख्न थाले देखि सबै भन्दा कम दरमा छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : ३९ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा