१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘उज्वल सपना’ एप सञ्चालनमा



बुुटवल । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन वैदेशिक रोजगारीको प्रक्रियामा नैतिक भर्ति अभ्यासको सुनिश्चितता सम्बन्धी अन्तरक्रिया लुम्बिनीमा सम्पन्न भएको छ ।
इसारा इन्स्टिच्युटको सहयोगमा सेन्टर फर माइग्रेशन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर) ले लुम्बिनीमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सिएमआइआरका कार्यकारी निर्देशक युवराज नेपालले पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेकाले यसलाई सहज र सुरक्षित बनाउन संस्थाले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए ।

रोजगारीको प्रलोभन देखाइ दलालले फसाउन सक्ने भएकाले राम्रोसँग बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने उनको भनाइ छ । इसारा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सघाउने उदेश्यले बनाइएको ‘उज्वल सपना’ नामक एप सञ्चालनमा ल्याएको जनाउँदै उनले यसलाई प्रचारमा ल्याउन जरुरी रहेको बताए ।

कार्यकारी निर्देशक घिमिरेले एपमा सुरक्षित रोजगार पाउने राष्ट्रको पहिचान, आफू श्रम गर्न जाने देशको श्रम ऐनबारे ज्ञान, धर्म र संस्कृतिबारे ज्ञान, लेभल ल, कामदारको अधिकार, पासपोर्ट महत्व, मेन पावरहरुको पहिचानका बारेमा जानकारी दिइएकाले सबैलाई यसको प्रयोग गर्न र अरुलाई पनि जानकारी गराउन आग्रह गरे ।

उनले यो एप मार्फत रोजगारमा जान चाहने व्यक्तिले आफ्नो व्यक्तिगत विवरण तथा योग्यताको विवरणसहित चाहेको रोजगार दाता कम्पनीमा सिधै आवेदन दिन पाउने र रोजगार दाता कम्पनीहरुले आह्वान गरे अनुसार आवेदन दर्ता गराउन पनि पाउने सुविधा रहेको जानकारी गराए ।

सिएमआइआरका कार्यक्रम संयोजक विभुती घिमिरेले वैदेशिक रोजगारीका लागि मलेसिया, कम्बोडिया लगायतका मुलुकमा जान चाहनेहरुका ‘उज्वल सपना’ (गोल्डेन ड्रिम्स) नामक एप सञ्चालनमा ल्याइएको बताए ।

वैदेशिक रोजगारमा जान चाहनेहरुले यस एपमार्फत वैदेशिक रोजगारका कामहरू खोज्न र आवेदन दिन सक्ने उनले बताए । एपमार्फत राम्रा अवसरहरू कसरी खोज्ने र शोषण तथा अनौपचारिक दलालहरूको ठगीबाट कसरी बच्ने विषयहरूमा सेवा प्रदायकहरू तथा अन्य कामदारहरूले प्रदान गर्ने उपयोगी जानकारीहरू समेत प्राप्त गर्न सक्ने उनले बताए ।

घिमिरेका अनुसार यो एपको माध्यमबाट कामदारले एजेन्ट बिना नै आफूले चाहेको कम्पनी रोजेर आवेदन दिन पाउने छन् भने नेपाल सरकारले लागू गरेको नियमानुसार कुनै शुल्क समेत नलाग्ने गरी रोजगार दाता कम्पनीहरुले कामदार माग गर्ने गर्दछन् । कार्यक्रममा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानव बेचविखनको काम भइरहेकाले सचेत हुनुपर्ने बताए ।

उनले ‘उज्वल सपना’ एपले रोजगार दाताको खोजी तथा कामदारको खोजी गर्नेहरु बीच पुलको काम गर्ने भएकाले यसलाई प्रचारमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए । यो एपलाई थप विस्तार र परिस्कृत गर्दै अन्य रोजगारदाता मुलुकहरुलाई समेत समेट्नेगरी तयारी भइरहेको कार्यक्रम संयोजक घिमिरेको भनाइ छ ।

 

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : १६ बजे

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई