२३ भदौ २०८३, मंगलबार | September 9, 2026

चितुवाको आक्रमणबाट घाइते निलगाई बचाउने पशु चिकित्सकको प्रयास असफल



नेपालगन्ज । बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईलाई बचाउन पशु चिकित्सकहरु असफल भएका छन् । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईलाई उपचारको सबै उपाय अपनाईएपनि बचाउन नसकिएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिएका छन् ।

खत्रीका अनुसार राप्ती सोनारी गाउँपालिका वडा ५, ढलैयास्थित राप्ती सब डिभिजन वन कार्यालय अन्तर्गत राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नं. ५ मा चितुवाले आक्रमण गरी घाइते भएको अवस्थामा सो नीलगाई भेटिएको थियो । उनका अनुसार मंगलवार दिउँसोबाट उक्त नीलगाईको उद्धार गरी उपचार शुरु गरिएको थियो ।

आक्रमणमा परी घाइते भएको सो नीलगाईको जङ्गलमै पुगेर समूहका पदाधिकारी, एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका प्रतिनिधि तथा वन कर्मचारीको टोलीले प्रारम्भीक उपचार शुरु गरेको र तत्पश्चात् उक्त नीलगाईलाई उद्धार गरी राप्ती सब डिभिजन वन कार्यालयमा पुर्याई पशु भेटेरिनरी चिकित्सक सम्म पु¥याईएको थियो । चिकित्सकले थप उपचार गर्ने क्रममा नीलगाई मरेको खत्रीले बताए ।

नीलगाईलाई सब डिभिजन वन कार्यालयको परिसरमा नियमानुसार प्रक्रिया पुर्याई खाडल खनी गाडिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : २५ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी