११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

नेपालगन्जमा चर्कियो उद्योग बाणिज्य संघको चुनावी सरगर्मी, यी हुन् उम्मेदवारहरु



नेपालगन्ज । आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपालगन्जमा चुनावी सरगर्मी चर्किएको छ । दलगत विभाजन भएर दुईवटा समुहमा विभाजित ब्यवसायीहरुले आ आफ्नो पक्षमा उद्योगी ब्यवसायीको मत सुरक्षित बनाउन बिभिन्न रणनीति तयार गरिरहेका छन् । संघको चुनावका लागि आज दुईवटै समुहले नेपालगन्जमा उम्मेदवारी घोषणा तथा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरे ।

उनीहरुले उद्योगी ब्यवसायीको हित र न्यायको लागि आ आफ्नै प्यानल सक्षम भएको दाबी पनि गरे । समावेशी प्यानल र साझा लोकतान्त्रिक प्यानल नाम दिएको समुहले नेपालगन्जको फरक फरक दुई रेष्टुरेन्टमा कार्यक्रम गर्दै उम्मेदवार सार्वजनिक गरेका हुन् ।

संघको निर्वाचनका लागि समावेशी प्यानलले अध्यक्षमा टंक बहादुर धामी, उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) मा हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, सदस्य तर्फ इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्दलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

सो समुहले एशोसियट सदस्यमा कमल कार्की र राजिव तलङ्गालाई उम्मेदवार बनाएको छ भने वस्तुगतमा फणाधर भण्डारी र रङ्गबहादुर खड्का सो समहका उम्मेदवार घोषणा भएका छन् । उम्मेदवारहरुको नाम घोषणा भईरहेको सभामा पुगेका उद्योगी एवं नेकपा एमालेका अध्यक्ष किस्मत कुमार कक्षपतीले सहमति विपरित उम्मेदवार घोषणा भएको भन्दै समिकरण तोड्ने चेतावनी दिएर निस्केको कार्यक्रममा सहभागी एक ब्यवसायीले बताए । उनले अर्का उद्योगी संजय अग्रवाललाई एशोसियट सदस्यको उम्मेदवार बनाउन चाहेपनि समावेशी समुहले यस अघि नै सहमति गरेर सबै नाम किनारा लगाएको दाबी गरिएको छ । ‘ब्यापारीको चुनाव भएकाले कुनै दलका नेताहरुलाई बोलाइएको थिएन, तर उहाँ आएर जबर्जस्ती माइकल लिएर बोलेर जानु भयो ।’ समावेशी प्यानलका संयोजक इश्वर पोखरेलले बताए ।

उता साझा लोकतान्त्रिकले अध्यक्ष पदमा ललित कुमार रौनियारको अध्यक्षतमा टिम सार्वजनिक गरेको छ । सो समुहबाट उपाध्यक्ष (वाणिज्य) मा विष्णु प्रसाद श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा मो. सफिक बेहना, उपाध्यक्ष (महिला) मा करिश्मा योगी, महासचिवमा टंक प्रसाद शर्मा, उपमहासचिवमा टेक बहादुर खड्का, कोषाध्यक्षमा मख्खन बहादुर धामीलाई उम्मेदवारकारुपमा सार्वजनिक गरेको छ ।

सदस्यहरुमा सन्तोष कुमार पौडेल, विवेक कुमार श्रेष्ठ, सुनिल भण्डारी, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता हल्वाई, बल बहादुर विष्ट लाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, एशोसिएट सदस्यमा प्रदिप कुमार गुप्ता, पुरुषोत्तम अग्रवाललाई साझा लोकतान्त्रिक उद्योगी, व्यवसायी समूहले उम्मेदवार बनाएको छ भने वस्तुगत तर्फ विनय श्रेष्ठ र हिमनाथ पौडेल उम्मेदवार बन्ने भएका छन् ।

निर्वाचनमा समावेशी तर्फ माओवादी, एमाले, राजपा, रास्वपा र राप्रपा समर्थक ब्यवसायीहरुले समिकरण बनेको छ भने साझा लोकतान्त्रिक तर्फ नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपा नेपालबीच समिकरण बनेको बताइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : ३४ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि