२१ माघ २०८२, बुधबार | February 4, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : जन्मियो तेस्रो प्यानल, उम्मेदवारी दर्ता सकियो (सम्पुर्ण उम्मेदवारको नाम सहित)



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको आगामी भाद्र २ गतेको निर्वाचनका लागि नेपालगन्जमा आज उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । बिहिबार सम्म २ वटा समुहबाट उम्मेदवारी दर्ता हुने बताइएपनि आज उम्मेदवारी दर्ता गराउँदा ३ वटा प्यानलले उम्मेदवारी दर्ता गराएको देखिएको छ ।

साझा लोकतान्त्रिक प्यानल र समावेशी प्यानलबाट समुहगत उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका केही नेताहरुले सिमित पदहरुमा एमाले समर्थक व्यवसायीलाई उम्मेदवारी दर्ता गर्न लगाएका छन् । उनीहरुले अध्यक्ष सहित केही पदमा उम्मेदवारी दर्ता गराउन लगाएपछि तीनवटा समुहबीच चुनावमा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा ललित रौनियार, टंक धामी र रचना श्रेष्ठको उम्मेदवारी परेको छ भने उद्योग तर्फको उपाध्यक्षमा मोहम्मद सफिक बेहना, चिरन्जिबी ओली र दिपेन्द्र कुमार जोशीको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरि बाणिज्य तर्फको उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ र हरिलाल न्यौपाने र इश्वर कुमार श्रेष्ठको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा करिश्मा योगी र मन्दिरा पाण्डेको उम्मेदवारी परेको छ । अध्यक्ष रचना श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र जोशी एमाले जिल्ला अध्यक्ष किस्मत कक्षपतिको तर्फबाट बनेका उम्मेदवार हुन् । ईश्वर कुमार श्रेष्ठ समावेशी समहबाट अतिरिक्त उठाइउका उम्मेदवार हुन् ।

महासचिवमा टंक प्रसाद शर्मा, भिम बहादुर रानाभाट र विजय भण्डारी (बासु)को उम्मेदवारी दर्ता भएको छ भने उपमहासचिवमा टेकबहादुर खड्का, मदनराज शर्मा र सरला विष्टको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै कोषाध्यक्षमा मख्खन धामी र सलाउद्दिन जसगढको उम्मेदवारी दर्ता भएको छ । महासचिवमा विजय भण्डारी र उपमहासचिवमा सरला विष्ट समुह बाहिरका अतिरिक्त उम्मेदवार हुन् ।

त्यसैगरि सदस्यहरुमा सन्तोष कुमार पौडेल, विवेक कुमार श्रेष्ठ, सुनिल भण्डारी, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता हल्वाई, बल बहादुर विष्ट, इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सदस्यहरुमा उत्तम गुप्ता, नन्दाराम जैसी र सुनिल कुमार बनियाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

एशोशियट तर्फ प्रदिप कुमार गुप्ता, पुरुषेत्तम अग्रवाल, संजय अग्रवाल, कमलकुमार कार्की, राजिव तलङ्गा र विजय अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । उद्योगी संजय अग्रवाललाई समावेशी प्यानलबाट एशोशियट सदस्यमा उम्मेदवार नबनाइएको भन्दै एमाले अध्यक्ष कक्षपतीले बिहिबार समिकरण तोड्ने चेतावनी दिएका थिए । एमाले निकट उद्योगी कमल कार्कीलाई हटाएर कक्षपती निकट अग्रवाललाई उम्मेदवार बनाउनु पर्ने प्रस्ताव समावेशी समुहले अस्वीकार गरेपछि कक्षपतीले तेस्रो समुहबाट उम्मेदवारी दर्ता गर्न लगाएका हुन् ।

सम्बद्ध सदस्यमा हिमनाथ पौडेल, बिनय श्रेष्ठ, किसन गुरुङ र फणाधर भण्डारीको उम्मेदवारी परेको छ । पूर्व सहमति अनुसार दर्ता भएको समावेशी प्यानलसँगको सहकार्य तोड्दै कक्षपतिले फरक उम्मेदवारी दर्ता गर्न लगाएपछि समावेशी समुहबाट पनि अतिरिक्त उम्मेदवारी दर्ता भएको बताइएको छ । सहमति अनुसार प्यानलमा सहमति भए अतिरिक्त उम्मेदवारको उम्मेदवारी फिर्ता हुने समावेशी निकट एक ब्यवसायीले बताए । समावेशीसँगको गरुङ्गो प्रतिस्पर्धामा उत्रिएको साझा लोकतान्त्रिक समुहका उम्मेदवाहरुमा समेवेशी बाहेकको अर्को समुहको उम्मेदवारी परेपछि उत्साह थपिएको सो समुहका एक ब्यवसायीले बताए ।

 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ९ : ३२ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास