७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा शुरु ग¥यो भवन निर्माण



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको छ । देवदहमा रहेको करिव एक सय विगाहा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरु निर्माणका लागि विस्तृत गुरुयोजना बनाएको छ ।

गुरुयोजना अन्गर्तत पहिलो चरणमा विश्वविद्यालयले ७ करोड १६ लाख २९ हजारको लागतमा २ तले शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको हो । विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टर डा. तिलकराम आचार्यले विश्वविद्यालयका लागि प्राप्त जग्गामा गुरुयोजना अनुरुपका संरचना निर्माण थालिएको बताए । निकै दौडधुपकाबीच विश्वविद्यालयले झण्डै सय विगाहा जग्गा प्राप्त गरेको भन्दै निरन्तर रुपमा गुरुयोजना निर्माणको कार्य चलिरहने बताए ।

भवनको आइतबार देवदहमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, इन्टरनेशनल बुद्धिष्ट कन्फडरेशन, दिल्ली, भारतका अध्यक्ष भन्ते धम्मपिया, अखिल नेपाल भिक्षु महासंघ अध्यक्षका भिक्षु सोभनले संयुक्त रुपमा शिलान्यास गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि विश्वकर्माले विश्वविद्यालयको स्थापनाले देवदहको पुरातत्वको अध्ययन अनुसन्धान तथा स्थानीयको जीवनोपयोगी शिक्षा प्रदानमा सफलता मिल्ने बताए ।

बौद्ध धर्म दर्शनको विकासमा रहेर विश्वविद्यालयले देवदहमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । सांसद विश्वकर्माले विश्वविद्यालयको विकासमा देवदहबासीले सहयोगी भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले विश्वविद्यालयले बुद्धको मावली क्षेत्रमा बौद्ध शिक्षा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे । विश्वविद्यालयका लागि आवश्यक जग्गा प्राप्तीमा आफ्नो पनि योगदान रहेको भन्दै उहाँले शैक्षिक गुरुयोजना अन्तर्गत काम गर्र्दै जानुपर्ने बताए ।

त्यस्तै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र खरेलले देवदहमा विश्वविद्यालय स्थापना हँुदा नगरको विकासमा महत्वपूर्ण टेवा पुगेको बताए । उनले विश्वविद्यालय स्थापनाले देवदहबासीले आफ्नै नगरमा उच्च शिक्षा हासिल गर्ने मौका पाएको बताए ।

कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडा नम्बर ८ का वडाध्यक्ष हरि पाण्डे, विश्वविद्यालयका डिन उकेशराज भुजु लगायतले बोलेका थिए ।
विश्वविद्यालयले हाल देवदहमा विकास अध्ययन तथा प्रयोगिक विज्ञान संकाय अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । विश्वविद्यालयले विस्तृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणका कार्य निरन्तर गरिरहने योजना रहेको जनाएको छ ।

डिन कार्यालय अन्तर्गत चालु शैक्षिक सत्रबाट स्नातक तहमा विकास उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यो कार्यक्रम सञ्चालनपछि देवदहमै स्नातक तहदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न सक्नेछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई