२३ भदौ २०८३, मंगलबार | September 9, 2026

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त



काठमाडौं । सरकारले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको छ । वैदेशिक रोजगार, अवैध हतियार, दोहोरो नागरिकतासहित विभिन्न अभियोगमा पटकपटक पक्राउ परेका लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका हुन ।

सरकारले औपचारिकरुपमा लामाको नियुक्तिबारे नखुलाएपनि बैठकबाट उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको स्रोतले दाबी गरेको छ ।

उनी ०६७ मा एमालेबाट अर्थराज्यमन्त्री बनेका थिए । तर, विवादका कारण उनले छोटो समयमै राजीनामा दिनुपरेको थियो । त्यसपछि उनी ०७० सालमा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ल्हारक्याल लामा यस अघि अर्थ राज्यमन्त्री, गुम्बा ब्यवस्थापन समितिको अध्यक्ष बनिसकेका ब्यक्ति हुन् । उनी दुबै पटक संविधानसभा सदस्यसमेत रहेका थिए । उनी कोषको उपाध्यक्ष बन्न निकै अघिदेखि प्रयासरत थिए ।

ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो र सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुन् । उनले बाल्यकालको शिक्षा हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरे भने दक्षिण भारतको कर्नाटक राज्यस्थित मसुरीको निङ्मा विश्वविद्यालयबाट १२ वर्ष लामो अध्ययनपछि खेन्पो डिग्री हासिल गरेका हुन् ।

लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको गत साउन १० गते कार्यकाल सकिएपछि लामालाई नियुक्त गरिएको संघीय सरकारका एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : ०८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी