८ माघ २०८२, बिहिबार | January 23, 2026

कम्बोडियाले ३८ बर्ष पछि नयाँ प्रधानमन्त्री पाउँदै



नोम पेन्ह । कम्बोडियाका राजा नोरोदोम सिहामोनीले प्रधानमन्त्री हुन सेनका छोरा हुन मानेटलाई देशको नयाँ प्रधानमन्त्रीमा मनोनयन गर्न अनुमोदन गरेका छन् ।

गत महिना भएको निर्वाचनमा हुन सेनको पार्टीले ठूलो जित दर्ता गरेको थियो । हुन सेनको टेलिग्राम च्यानलमा जारी विज्ञप्ति अनुसार कम्बोडियाका प्रधानमन्त्रीले अगस्ट ७ मा कम्बोडियाको पीपुल्स पार्टीले महामहिम डा हुन मानेटलाई कम्बोडिया राज्यको अर्को प्रधानमन्त्री नियुक्त गर्ने बताएका हुन ।

विज्ञप्तिमा भनिएको छ, ‘कृपया सातौं राष्ट्रिय सभाको लागि कम्बोडिया राज्यको प्रधानमन्त्रीको रूपमा महामहिम डा हुन मनेटलाई नियुक्त गर्नुहोस् ।’ यद्यपि, आधिकारिक रूपमा देशको नयाँ नेता बन्न, प्रधानमन्त्री हुन सेनका छोराले संसदमा विश्वासको मत जित्नु पर्छ । कम्बोडियाका प्रधानमन्त्री सेनले तीन साताभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने र आफ्नो जेठो छोरा हुन मानेटलाई पद हस्तान्तरण गर्ने घोषणा गरे पछि यो धारणा बाहिर आएको हो ।

उनी सन् १९८५ देखि कम्बोडियाका प्रधानमन्त्री छन् ।

७० वर्षीय हुन सेनले आफ्नो राजनीतिक दलले संसदीय चुनावमा विजयी भएको दाबी गरेको तीन दिनपछि टेलिभिजन सम्बोधनमा उक्त घोषणा गरेका हुन् । उनले आफ्नो ४५ वर्षीय जेठो छोरा जनरल हुन मानेट आफ्नो उत्तराधिकारी हुने घोषणा गरेका छन् । उनले आफ्नो छोरा पनि राजनीतिज्ञ भएकाले यो उत्तराधिकारीले राष्ट्रियसभाको कुनै नियम विपरीत नहुने बताए । प्रधानमन्त्री हुन सेनका जेठा छोरा मानेट पहिलो पटक संसदमा विजयी भएका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : २७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा