११ असार २०८३, बिहिबार | June 25, 2026

पाकिस्तान–नेपाल सिधा हवाई सेवा थाल्ने प्रयास



काठमाडौं । पालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको बताएका छन् ।

आज आफ्नै कार्यकक्षमा केही कूटनीतिक पत्रकारहरूसँगको कुराकानीमा पाकिस्तानी राजदूतले दुई राष्ट्रबीचको सिधा उडान पुनः प्रारम्भ गर्न पाकिस्तान इन्टरनेशनल एयरलाइन्स आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले निजी क्षेत्रका अन्य विमान सेवा पनि विकल्पमा रहेका बताए ।

आफूले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, अर्थ एवं परराष्ट्रमन्त्रीलगायत अन्य विशिष्ट व्यक्तिहरूसँगका भेटमा पनि व्यापार, पर्यटन, जनस्तरको सम्पर्क स्थापनालाई अझ व्यापक बनाउन हवाई उडान महत्त्वपूर्ण हुने भएकाले त्यसैलाई उच्च प्राथमिकतामा राखेर कुरा गरेको बताए । ुउहाँहरू सबैले सिधा हवाई सेवा पुनःसञ्चालनप्रति समर्थन जनाउनुभएको छ ।ु राजदूत हास्मीले भने ।

परराष्ट्र सचिवस्तरीय पाकिस्तान–नेपाल परामर्श संयन्त्र, संयुक्त आयोग, कृषि तथा पर्यटनसम्बन्धी संयुक्त कार्यदल, संयुक्त व्यापार परिषद्लगायत सबै द्विपक्षीय संयन्त्रका बैठक आयोजना गर्न नेपाल सरकारका सम्बद्ध निकायसँग निरन्तर छलफलमा रहेको पाकिस्तानी राजदूतले जानकारी दिए ।

पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएयता सात हजारभन्दा बढी नेपालीले शिक्षा, स्वास्थ्य, सेना, नागरिक उड्डयनलगायत क्षेत्रमा पाकिस्तानबाट शिक्षा हासिल गरेका जानकारी दिँँदै पाकिस्तानी राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : ३८ बजे

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका

रास्वपाको मतदान सम्पन्न, ११ सय बढी प्रतिनिधि मतदानमा सहभागी भएनन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका

रास्वपाले स्वीकार्यो महाधिवेशनको व्यवस्थापकीय कमजोरी, ६० प्रतिशत मतदान सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनअन्तर्गत भएको मतदानमा