८ चैत्र २०८२, आइतबार | March 23, 2026

लुम्बिनी प्रदेश सरकारको २ लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्य : मुख्यमन्त्री चौधरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले युवा परिवर्तनका संवाहक भएको बताएका छन् । उनले आफू युवा हुँदा पनि परिवर्तनका लागि कमैया मुक्तिको आन्दोलनमा ठूलो सङ्घर्ष गरेको स्मरण गर्दै युवाहरुको सङ्घर्षले मात्रै परिवर्तन सम्भव भएको दाबी गरे ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्ले आज रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्य लिएको र रोजगारी सिर्जना गर्ने काममा सरकारले सहयोग गर्ने भएकाले त्यसका लागि ‘प्रपोजल’ बनाएर ल्याउन आग्रह गरे ।

युवालाई उद्यमशीलतामा कसरी अगाडि बढाउन सकिन्छ र स्थानीय उत्पादनलाई कसरी ‘ब्रान्डिङ’ गर्ने भन्ने विषयमा चिन्तन गर्न आग्रह गर्दै उनले रोजगारीका लागि पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न र देश विकासको अभियानमा जोड्नुपर्नेमा जोड दिए । उनले उत्पादनलाई ब्रान्डिङ र मार्केटिङमा सहयोग गर्न युवा परिषद्लाई आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले सरकारले लिएको लक्ष्यलाई सहयोग गर्नेगरी काम गर्न परिषद्लाई आग्रह गर्दै त्यसमा मन्त्रालयको पूर्ण रहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य पूर्वमन्त्री वसिउद्धिन खाँणले प्रदेशमा जनसङ्ख्याको ५० प्रतिशतभन्दा बढी युवा रहेको बताउँदै युवाको भविष्य अगाडि बढाउनका लागि आफू सामाजिक विकासमन्त्री रहेकै बेला प्रदेश युवा परिषद् गठन गरिएको स्मरण गरे ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्रीले युवालाई उद्यमशीलतामा जोड्नुपर्ने र नेपाली उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने भनाइ राखे । त्यसमा युवा उद्यमीलाई परिषद्का साथ रहने र सरकारका तर्फबाट पनि पूर्ण सहयोग रहनुपर्ने उनको भनाइ थियो ।

यो वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास’ भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । त्यस अवसरमा युवा उद्यमशीलता विकासमा योगदान गरेका प्रदेशका १५ जना उद्यमी तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ११ : ०२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय