१६ श्रावण २०८३, शनिबार | August 2, 2026

राष्ट्रिय युवा संघ बुटवल उपमहानगर कमिटीको अध्यक्षमा बोहोरा



बुटवल । राष्ट्रिय युवा संघ बुटवल उपमहानगर कमिटीको शनिबार बुटवलमा सम्पन्न १८ औं नगर अधिवेशनले गणेश बोहोराको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा विरु लामिछाने, सचिव राजेन्द्र थापा, सहसचिव थमन पुन र विजय भुसाल तथा कोषाध्यक्ष कुशल थापा रहने गरी ३५ सदस्य कमिटी गठन गरेको हो ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले मुलुकका हरेक आन्दोलनहरुमाराष्ट्रिय युवा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । युवा आन्दोलनको एक नेतृत्वदायी संगठन राष्ट्रिय युवासंघ भएको बताउँदै उनले धेरै कुराहरु प्राप्त गर्न सफल भएको उल्ले गरे । नीति निर्माण र राज्यको नेतृत्व गर्ने तहमाराज्यले अवसर प्रदान गर्नुपर्ने उनले बताए ।

युवाहरु आन्दोलनका लागि मात्रै होइन पार्टीको नेतृत्वतहमा समेत पुग्नेगरी काम गर्न आग्रह गरे । पार्टी र मुलुकलाईसही ढङ्गबाट अघि बढाउनका लागि युवा संघका सदस्यहरु नेतृत्व लिने गरी तयारीमा लाग्न उनले आग्रह गरेका हुन् ।संगठनलाई थप सुदृढ बनाउँदै रचनात्मक र सशक्त ढङ्गले अगाडी बढाउनका लागि बैचारिक रुपमा समेत प्रशिक्षितहुँदै अघि बढ्नु पर्ने उनले बताए ।

नव निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेकपा एमाले रुपन्देहीजिल्ला अध्यक्ष तेजेन्द्र केसीले थप एकतावद्ध र संगठित भएर काम गर्न आग्रह गरे ।

अधिवेशनको अवसरमा बोल्दै नेकपा एमाले रुपन्देही जिल्ला कमिटीका उपसचिव चित्रबहादुर केसी, सचिवालयसदस्य ऋषिराम पाण्डे, राष्ट्रिय युवा संघका महासचिव सुमन पुरी, नेकपा एमाले बुटवल नगर कमिटीका अध्यक्षकिशन ज्ञवाली, राष्ट्रिय युवा संघ रुपन्देहीका ईन्चार्ज नकुल शाही, युवा नेता अर्जुन पौडेल लगायतले युवाहरु अबराजनीतिक आन्दोलनमा मात्र नभई सिर्जनशिल कार्यमा समेत लाग्न आग्रह गरे । यसैगरी राष्ट्रिय युवा संघ रुपन्देहीकाअध्यक्ष विकास बस्नेत लगायतले बोल्दै जिल्लाका अन्य पालिकाहरुमा समेत अधिवेशन सम्पन्न गरिने जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ४९ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा