१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिदा ६ को मृत्यु



लन्डन । इङ्लिस च्यानलमा डुङ्गा पल्टिँदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ । समाचार अनुसार सो दुर्घटनामा परी अझै दुई जना अझै बेपत्ता छन् । सो दुर्घटनामा रहेका जिबितहरुका अनुसार डुंगामा ६५ जना आप्रवासी सवार थिए ।

बेलायतका गृहसचिव ब्रेभरम्यान र फ्रान्सेली प्रधानमन्त्री बोर्नले पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

मेयर फ्रान्क डर्सिनले एक्समा ट्वीट गर्दै दुर्घटनाको बारेमा जानकारी दिए। उनले ट्वीट गरे कि, ‘अर्को दुर्घटना कैलाइसरविसेंट तटमा भयो । दुर्घटनामा धेरै आप्रवासी डुबेका छन् । अङ्ग्रेजी च्यानलमा हुने दैनिक दुर्घटनाका कारण एकदिन हामीले च्यानल र भूमध्यसागरमा हुने मृत्युको तथ्यांक रेकर्ड गर्न बन्द गर्नुपर्ने छ ।’ मेयरले एउटा तस्बिर पनि सेयर गरेका छन, जसमा उद्धार टोलीले मानिसहरूलाई उद्धार गरिरहेको देखिन्छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने जबकी दुई यात्रु अझै घाइते छन् । डुंगामा जम्मा ६५ देखि ६६ जना सवार रहेको दुर्घटना पीडितहरुले बताएका छन् ।

स्थानीय फ्रान्सेली अधिकारीहरूले २० भन्दा बढी व्यक्तिहरूलाई बेलायती अधिकारीहरूले डोभर लगेको बताएका छन् । विदेशी मिडियाका अनुसार अंग्रेजी च्यानल संसारको सबैभन्दा व्यस्त जलमार्ग मध्ये एक हो। ओभरलोड पानीजहाजका कारण खस्रो समुन्द्रमा मृत्यु हुनु सामान्य भएको छ ।

एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन् । यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन् ।

मार्चमा बेलायतले पेरिसमा प्रत्येक वर्ष सयौं मिलियन युरो पठाउन सहमत भएको थियो । फ्रान्सेली अधिकारीहरूले त्यसपछि च्यानलमा गस्ती बढाएका छन् । यसका साथै दुर्घटना हुन नदिनका लागि अन्य उपायहरु पनि गरिरहेका छन् ।

एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन् । यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ५५ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई