८ चैत्र २०८२, आइतबार | March 22, 2026

नागरिक लगानी कोषको नाफा बढ्यो



काठमाडौं। नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ३६.७४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १ अर्ब २४ करोड ८८ लाखबाट बढेर १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । साथै, ब्याज आम्दानी पनि ३५ करोड ९९ लाखबाट बढेर ४० करोड ४९ लाख पुगेको छ । जसले गर्दा यसको नाफामा वृद्धि देखिएको हो ।

लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार २२ अर्ब ३६ करोड ९४ लाख रहेको छ । अघिल्लो वर्ष रिजर्भ १९ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको थियो । यसले मुद्दति निक्षेपमा १ खर्ब १४ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ ।

यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३० पैसाबाट घटेर १७ रुपैयाँ ८ पैसा कायम भएको छ । यसको नेटवर्थ २२३ रुपैयाँ ८० पैसाबाट घटेर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ । आरओआइ ९.४० ५ रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ११ : ४४ बजे

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले