९ बैशाख २०८३, बुधबार | April 22, 2026

हवाई टापुको डढेलोमा त्रियानब्बे जनाले ज्यान गुमाए



लहाइना । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन् । घरै नजिक डढेलो सल्किँदा पनि जानकारी नपाएकामा भिलिम रेड खिन्न छिन् ।

हातमुख जोर्न दयालु र अपरिचतको कृपा पाउनुपर्ने बाध्यात्मक अवस्थामा आफू पुगेको उल्लेख गर्दै उनले छेवैमा रहेको सानो कार देखाउँदै अबको यो नयाँ घरमा आफ्नी छोरी, नाति र दुई वटा बिरालासहित आफूलाई अभ्यस्त बनाउनुपर्ने सुनाइन् ।

बाह्र हजार हवाईबासीको लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन । नगरको मध्यभागमा रहेको एक सय ५० वर्ष पुरानो वरको रुख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रुखका फल पनि डढेका छन् ।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको बताएका छन् ।

घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्, टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाश नै विनाशमात्र देखिन्छ । डढेका पशुको दुर्गन्धले नाक छाप्दै सफाइ गर्नुपरेको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने वित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् । आगालागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन् । केही स्थानमा क्षतिको आकलन थालिएको छ । हवाईका गभर्नर जोस ग्रिन नेतृत्वको टोली आगलागी भएको स्थानमा पुगेको छ । सरसफाइका लागि जुटेकाहरूले तालिमप्राप्त कुकुरको सहायताले भग्नावशेषमा शवको पनि खोजी गरिरहेका छन् ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालियो तर यसपटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने प्रश्नको उत्तर हवाईका जनताले खोजिरहेका छन्

आगोमा जलेर ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ । चिकित्सकहरूले मासुको टुक्रा परीक्षणका निम्ति उठाउँदा त्यो खसेर अर्को निकाल्नुपर्ने दारुण स्थिति उत्पन्न भएको छ । द्रुत गतिमा डिएनए परीक्षण गर्न गभर्नर ग्रीनले निर्देशन दिएका छन ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : ४७ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन

काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको