९ श्रावण २०८३, शनिबार | July 26, 2026

अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे



हवाई । अमेरिकाको जंगलमा लागेको भिषाण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक साता देखी लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टी भएको छ । स्थानिय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढन सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन ।  अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगो हो ।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउई र लाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरु जलेका छन भने सयौं सवारी साधान पनि आगजानीका कारण ध्वस्त भएका छन् । बिजुली तथा खानेपानीसमेत नहुदाँ मानिसहरूकाे दैनिक जीवन थप कष्टकर भएकाे छ । अधिकांस मानिसले घर छाडेर हिडेका छन् ।

हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

हवाई राज्यमा भएको भिषण आगलागी कारण सयौं भौतिक संरचनामा ध्वस्त भए पछि राष्ट्रपति जो वाइडेनले संघीय सरकारले पुननिमार्णमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन भने डढेलो निभाउनका लागि हरसम्भवः प्रयास गर्न निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ५७ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको