१७ असार २०८३, बुधबार | July 1, 2026

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले आज नेपाली टोलीको घोषणा गरेको हो ।

छनोट हुने नेपाली टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी र प्रतिश जिसी रहेका छन् ।

त्यसैगरी किशोर महत्तो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छानिएका छन् । पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ ।

नेपालले र पाकिस्तानबीचको पहिलो खेल आगामी भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारत बीचको खेल भने श्रीलङ्कामा हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ०४ बजे

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र