१८ माघ २०८२, आइतबार | February 1, 2026

रनवेमा पुगेको एयर इण्डियाको जहाजको ब्रेकमा समस्या



काठमाडौं । एयर इन्डियाको जहाजको ब्रेकमा समस्या आएको छ । उडानका लागि तयार रहेको जहाजको ब्रेकमा समस्या आएको हो ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि जहाज ‘ट्याक्सी वे’बाट ‘रनवे’मा प्रवेश गर्दै थियो । सोही क्रममा जहाजको ब्रेकमा समस्या देखिएको थियो ।

उडान नम्बर २१६ रहेको जहाजको काठमाडौं-दिल्लीको उडान थियो । उडान समय ४ बजेर १० मिनेटको थियो ।

जहाज उडानको लागि तयार भएर रनवेमा प्रवेश गर्नासाथ ब्रेकमा समस्या आयो । त्यसपछि जहाजलाई रनवेबाट नै पार्किङस्थलमा ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

जहाज टयाक्सी वेबाट रनवे प्रवेश गर्नको लागि घुम्ने क्रममा थियो । त्यसबेला ब्रेकमा समस्या आएपछि जहाजलाई ट्याक्टरले तानेर पार्किङमा ल्याइएको हो । उक्त जहाजमा १७९ जना यात्रु थिए ।

जहाज रन वेमा हुँदासम्म अन्य उडान समेत अवरुद्ध भएको छ । रनवेमै जहाजमा समस्या आएपछि अन्य उडान तथा अवतरण प्रभावित बनेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : ५८ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन