९ श्रावण २०८३, शनिबार | July 26, 2026

आफु विरुद्ध चौथों मुद्धा दर्ता भएपछि ट्रम्पले भने, ‘मेरो चुनावी अभियान अशान्ति बनाउने प्रयास’



वासिंग्टन डिसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता भएको छ । उनलाई जर्जियामा चुनावी नतिजा उल्ट्याउन ठगी, धम्की र जालसाजी गरेको आरोप लगाइएको छ । ट्रम्पले अब यो नयाँ आपराधिक मुद्दामा प्रतिक्रिया दिएका छन् । उनले आफूमाथि लगाइएको आरोपको निन्दा गरेका छन् ।

डोनाल्ड ट्रम्पले आफ्नो आपराधिक मुद्दाको बारेमा  सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘मलाई धाँधली भएको महसुस हुन्छ । २.५ वर्षअघि उनीहरूले आरोप किन लगाएनन ? किनभने तिनीहरू मेरो चुनावी अभियानको बीचमा अशान्ति सिर्जना गर्न चाहन्थे ।’

गत सोमबार जर्जियाको ग्रान्ड ज्युरीले पूर्व राष्ट्रपतिलाई आपराधिक आरोपमा अभियोग लगाएका थिए । ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याटबाट पराजयलाई उल्टाउने प्रयास गरेको बताए । यो सँगै ५ महिनामा डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको यो चौथो आपराधिक मुद्दा हो । ट्रम्प पहिले नै न्यूयोर्क, दक्षिण फ्लोरिडा र वाशिंगटनमा मुद्दाको सामना गरिरहेका छन ।

पछिल्लो घटनामा पूर्व राष्ट्रपतिसँगै ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ र नेता रुडोल्फ जिउलियानी विरुद्ध पनि मुद्दा दर्ता भएको छ । ट्रम्प विरुद्ध जारी अभियोगमा भनिएको छ, ‘ट्रम्प र यस अभियोगमा संलग्न अन्य अभियुक्तहरूले जानाजानी अवैध रूपमा ट्रम्पको पक्षमा चुनावी नतिजा परिवर्तन गर्ने प्रयास गरेका थिए ।’

वास्तवमा यो मामिला जनवरी २, २०२१ को हो, जब ट्रम्पले जर्जियाका शीर्ष निर्वाचन अधिकारी ब्राड राफेन स्परगरलाई फोन गरेर चुनावी नतिजा आफ्नो पक्षमा ल्याउन आदेश दिएका थिए । त्यसपछि ब्राड राफेन्सपर्जर र ट्रम्पबीच करिब एक घण्टा फोन वार्ता भयो । विशेष कुरा के छ भने यो कल ह्वाइट हाउसको अफिसबाट गरिएको हो । तर, चुनाव अधिकारी ब्राड राफेन्सपर्जरले ट्रम्पको भनाइलाई स्वीकार गर्न अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : १९ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको