९ श्रावण २०८३, शनिबार | July 25, 2026

सत्ताधारी नेतालाई छानबिनको डरले समिति बनाइएन : योगेश भट्टराई



महोत्तरी । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन । उच्चस्तरिय छानबिन समिति बनाएर अगाडि बढदा अर्थमन्त्री देखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानबिन समिति नबनाएको उनको तर्क समेत छ ।

उद्योग बाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिबेशनमा सहभागी हुन महोत्तरी आईपुगेका सचिव भट्टराईले संसद अवरुद्ध आफुहरुको रहर नभएको पनि बताएका छन । ञएमालेले गरेको संसद बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन,झ उनले भने, “हाम्रो माग एउटै हो उच्च स्तरिय छानविन समिती बनोस, निष्पक्ष छानबिन होस् ।”

उच्च स्तरिय छानबिन समितिले गृहमन्त्रीलाई समेत नछोडने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाइ रोकेको सचिव भट्टराईको आरोप छ ।

२०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिबिधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए । मिसन २०८४ निर्वाचन केन्द्रीत भएको बताउदै उक्त निर्वाचनमा स्थानिय देखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : १० बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख