२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

पुष्पा टण्डन मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न तिलोत्तमा नगरपालिकाको माग



बुटवल । तिलोत्तमाकी ३६ वर्षिया पुष्पा टण्डन मृत्यु प्रकरणमा तिलोत्तमा नगरपालिकाले चासो ब्यक्त गरेको छ । गत साउन २७ गते कञ्चन गाँउपालिकाको फायरलाइनमा झुण्डिएको अवस्थामा मृत भेटिएकी टण्डनको मृत्यु सम्बन्धमा निष्पक्ष छानबिनका लागि नगरपालिकाले प्रशासन समक्ष माग गरेको छ ।

झुण्डिएको अवस्थामा मृत फेला परेकी पष्पाका आफन्तले हत्या भएको आशंकामा आन्दोलन गरेपछि नगरपालिकाले आज विज्ञप्ति प्रकाशित गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले हस्ताक्षर गरेको विज्ञप्तिमा छानबिनमा पीडित पक्षको न्यायका लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार भएको उल्लेख गरिएको छ ।

साउन २६ गते घरबाट स्कुटर लिएर हिडेकी पुष्पाको स्कुटर भने अस्पताल लाईनमा भेटिएको थियो । घर देखि करिव २५ किलोमिटर टाढा पुगेर जंगलमा आत्महत्या गरेकी पुष्पाको मृत्यु ‘लेनदेन’ का कारणले भएको भन्दै उनका आफन्तले आन्दोलन गरिरहेका छन् ।

आफन्तले छिमेकी लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान रञ्जित भुसालसंग लेनदेन व्यवहार भएको र उनीहरुकै दवावमा आत्महत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि भुसाल दम्पत्तीलाई नियन्त्रणमा लिएको छ ।

गुल्मीको गुल्मीदरवार गाउंपालिका–४ बिरबास भट्टेचौंर घर भएकी पुष्पाको परिवार २०७२ सालदेखि रुपन्देहीमा बसोबास गर्दै आएका थिए । मृतक पुष्पाका १ छोरा र १ छोरी छिन् ।

घटना हुनु अघि सम्म कोरियामा रहेका मृतक पुष्पाका श्रीमान केशव टण्डन अहिले नेपाल आएर श्रीमतीको न्यायका लागि अपिल गरिरहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ४ : २० बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात