४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन ।

चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना ९युनान० नेपाल इन्डस्ट्रियल को-अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोतलगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गरे । उनले ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आइसिटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी चिनियाँहरूलाई गराए ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, इयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले युनान र नेपालबीचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान गर्दै यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोको नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीहरूलाई निमन्त्रणासमेत गरेका थिए । त्यस बैठकमा उनले चिनियाँ ‘ड्रागन बोट फेस्टिभल’मा सिचुआन एयरलाइन्सले हालै पोखराको पहिलो उडान गरेकाले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए ।

कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेता, सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ५ : ५७ बजे

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि