४ श्रावण २०८३, सोमबार | July 20, 2026

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन ।

चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना ९युनान० नेपाल इन्डस्ट्रियल को-अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोतलगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गरे । उनले ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आइसिटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी चिनियाँहरूलाई गराए ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, इयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले युनान र नेपालबीचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान गर्दै यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोको नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीहरूलाई निमन्त्रणासमेत गरेका थिए । त्यस बैठकमा उनले चिनियाँ ‘ड्रागन बोट फेस्टिभल’मा सिचुआन एयरलाइन्सले हालै पोखराको पहिलो उडान गरेकाले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए ।

कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेता, सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ५ : ५७ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित