९ श्रावण २०८३, शनिबार | July 25, 2026

सबै मिल्यौं भनेमात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत



सिराहा । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भनेमात्र परिणाम आउने बताएका छन् । सिराहमा नेपाली कांग्रेस आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता डा. महतले भन्नुभयो, ‘कसैले पनि एक्लै परिणाम ल्याउन सक्दैन । बीपी कोइरालाले पार्टीको नेतृत्व गर्दा त गणेशमान, कृष्णप्रसाद र सुवर्णशमशेरको आवश्यकता परेको थियो । अहिले त्यस्तो कोही पनि छैन । त्यसकारण कसैले वा कुनै पुस्ताकाले म भए सबै हुन्थ्यो, अरु भएर यस्तो भन्नु बेकारको कुरा हो ।’

संस्थाको निर्णय लिएर जनताको बीचमा जानुपर्ने उनको भनाइ थियो । ‘संस्थागत कुरा सामाजिक सञ्जालमा उल्टापाल्टा गरियो भने जनता दुविधामा पर्छन् । संस्थागत निर्णय जे हुन्छ, त्यो लिएर एउटै भावनाका साथ जनताका बीचमा जानु उपयुक्त हुन्छ,’ डा. महतले भने ।

नेपाली कांग्रेसप्रति आस्था र समर्थनका बाबजुद मतदानका बेला रुपान्तरण नहुनुमा पार्टीभित्रको अनेकता जिम्मेवार रहेको उनको ठहर छ । उनले भने, ‘एकले अर्कालाई नसहने प्रवृत्ति जिम्मेवार छ । बरु अर्को पार्टीको जोसुकै होस, यो चाहिँ हुनुहुन्न, यो चाहिँ हारिजाओस् भन्ने मानसिकता हाबी छ ।’

नेपाली कांग्रेस पार्टी दुःख सुख, अप्ठ्यारो सप्ठ्यारो, प्रवाश, जेल, पुलिसको ठण्डा लोकतन्त्र र नेपाली नागरिकको अधिकार सुनिश्चित गर्नका लागि खाएको छ । आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने व्यवस्था र ती जनप्रतिनिधिले काम गरेनन भने हराएर अर्कोलाई निर्वाचित गर्ने व्यवस्था नेपाली कांग्रेसको अगुवाइमा भएको भन्दै उनले नेपालमा जति पनि आन्दोलन र परिवर्तन भए, नेपाली कांग्रेसको नेतृत्व बिना सम्भव नभएको दाबी गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : ५० बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख