१९ बैशाख २०८३, शनिबार | May 2, 2026

प्रदीप गिरिको पहिलो वार्षिकीमा काठमाडौँदेखि भारतको काशीसम्मको कार्यक्रम गरिने



काठमाडौँ । नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरिको पहिलो वार्षिकी विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी भदौ २ शनिबारदेखि भदौ ५ गते मङ्गलबारसम्म ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौँदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

भदौ २ गते शनिबार बिहान ८ बजे पशुपतिनाथमा स्व गिरिलाई श्रदाञ्जलिसभाको आयोजना गरिने तथा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ–काशी यात्राको समुद्घाटन र यात्रीहरूको बिदाई गर्नु हुने प्रदीप गिरि पावन स्मृति आयोजक समितिका संयोजक कञ्चन झाले जानकारी दिए ।

उनका अनुसार सोही दिन दिउँसो २ बजे नेपाली कांग्रेस पार्टी कार्यालय हेटौँडामा र साँझ पाँच बजे गिरिको व्यक्तित्वबारे चर्चा हुनेछ । यसैगरी भदौ ३ गते बिहान ९ बजे वीरगञ्जको तिलावे नदीमा केही अस्तु विसर्जन गरिने छ भने १०ः१५ मा प्रदीप गिरि र मधेसको सम्बन्धनबारे चर्चा गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

भदौ ४ गते भारतको बनारस र काशी (वाराणसी) मा बिहान सबेरै विधिअनुसार बनारसस्थित प्रदीप गिरिका निकटस्थहरू समेतको समुपस्थितिमा अस्तु विसर्जन गरिने छ । दिउँसो गिरिका यादगार ठाउँको अवलोकन तथा व्यक्तित्वहरूसँगको भेटघाट कार्यक्रम गरिनुका साथै सोही दिन साँझ बनारस विश्वविद्यालयमा गिरिको स्मृतिमा कार्यक्रम आयोजना हुने प्रदीप गिरि पावन स्मृति आयोजक समितिले जनाएको छ । समितिका अनुसार भदौ ५ गते बिहान बनारसबाट वीरगञ्ज हुँदै काठमाडौँका लागि प्रस्थान गरिने आयोजक समितिका संयोजक झाले जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ९ : ३८ बजे

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको

जैविक मार्ग धमाधम संरक्षण हुँदै

नेपालगन्ज । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले सङ्कटमा परेको बाँकेस्थित

रास्वपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सचिवालय बैठक आह्वान

राष्ट्रपतिलाई भेटेका आङ्देम्बेले गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता