९ बैशाख २०८३, बुधबार | April 22, 2026

अमेरिकाद्धारा पुटिन निकट चार रुसी नागरिक माथी प्रतिबन्ध



वासिग्टन डिसी । अमेरिकाको जो बाइडेन सरकारले चार रुसी नागरिकलाई भिसा प्रतिबन्ध लगाएको छ । यी चार व्यक्ति सन् २०२० मा रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाउने कार्यमा संलग्न थिए । चार अभियुक्तहरू एलेक्सी अलेक्जेन्ड्रोभ, कोन्स्टान्टिन कुद्र्याभस्टेभ, इभान ओसिपोभ र भ्लादिमिर पानायेभ हुन् ।

अमेरिकी सरकारले ग्लोबल म्याग्निस्की ऐन अन्तर्गत यी चार रुसी नागरिकलाई प्रतिबन्ध लगाएको छ । यस ऐनले हत्या, यातना वा अन्य मानवअधिकार उल्लङ्घन गर्नेलाई गैरन्यायिक हिरासतमा राखेर वा उल्लङ्घन गर्नेको दलालको रूपमा काम गर्न निषेध गरेको छ ।

यी चार रुसी नागरिकलाई सन् २०२१ मा पनि फरक प्राधिकरणले प्रतिबन्ध लगाएको थियो । अमेरिकी प्रतिबन्धका कारण अब यी चार अभियुक्त र उनका परिवारका सदस्य अमेरिका प्रवेश गर्न पाउने छैनन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका छन्,  ‘आजको कारबाहीले अन्तर्राष्ट्रिय मानवअधिकार उल्लङ्घनका लागि मूल्य चुकाउनु पर्ने प्रमाण हो । अमेरिकाले यस्ता अपराधका लागि दोषीलाई जवाफदेही बनाइरहनेछ ।’

एलेक्सी नाभाल्नीलाई विष दिएका आरोप लागेका कुद्र्याभस्टेभ अर्को रुसी विपक्षी नेता भ्लादिमिर कारा मुर्जाको निगरानीमा पनि संलग्न थिए । भ्लादिमिर कारा मुर्जा पनि हाल रुसी जेलमा छन् ।

जानकारी होस कि एलेक्सी नाभाल्नी रूसका विपक्षी नेता हुन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक मानिन्छन् । अगस्ट २०२० मा नाभाल्नी साइबेरियाको टम्स्क शहरबाट मस्कोको लागि उडानमा जाँदै थिए । उडानकै क्रममा उनलाई विष खुवाइएको थियो, जसले उनको अवस्था झनै बिग्रियो ।

अस्वस्थ्यताका कारण उनलाई उपचारको लागि जर्मनीको बर्लिन लगिएको थियो, जहाँ उनको स्वास्थ्यमा सुधार आएपछि नाभाल्नी जनवरी २०२१ मा पुनः रुस फर्किए र त्यसबेला देखि जेलमा छन् ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ९ : ४३ बजे

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन

काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन