९ श्रावण २०८३, शनिबार | July 25, 2026

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीमाथि नै छानिबन हुनुपर्छ : एमाले प्रमुख सचेतक बर्तौला



बुटवल । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीमाथि समेत छानबिन हुनेपर्ने बताएका छन् ।

बुटवलमा शनिबार बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा बर्तौलालले सरकारले सुन तस्करलाई संरक्षण गरेकै कारण उनीहरुमाथि छानबिन हुनुपर्ने बताएका हुन् । उनले सरकार मातहतकै निकायले प्रधानमन्त्री र गृहमन्त्रीलाई छानिबन गर्न नसक्ने उनले तर्क गरे । आफुहरुले माग गरेको उच्चस्तरीय छानबिन समितिले सबैमाथि छानबिन गर्ने उनले बताए ।

उनले भन्सारबाट ३३ पटक सुन भित्रिँदा पनि सोधखोज नभएको बताउँदै हवल्दार र सिपाही , सुब्बा र खरदारको सेटिङमा मात्र सुन भित्रन नसक्ने दाबी गरे । कसैलाई बचाउने कसैलाई फसाउने नियत सरकारमा देखिएको उनले आरोप लगाए ।

बर्तौलाले सरकारले संसदलाई कमजोर बनाएको आरोप लगाएका छन् । ९ महिनासम्म कुनै विजनेश नदिएर सरकारले संसदलाई कमजोर बनाएको आरोप लगाएका हुन् । सांसदले संसदमा उठाएका कुरा नसुन्न सरकारले कानमा तेल र आँखामा पट्टी लगाएर बसेको उनको आरोप छ ।

बर्तौलालले ठूलो दलको हैसियतमा कांग्रेससँग अपेक्षा रहेपनि उसले निकास नदिएको बताए । ‘कांग्रेस फुच्चे माहुतेको पछिपछि लाग्यो’, उनले भने ।

संसदमा आफुहरुलाई सहयोगी दलले छोडेपनि एमालेले आफ्नो एजेण्डा नछोड्ने उनले बताए ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  ९ : ३६ बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख