२ असार २०८३, मंगलबार | June 16, 2026

दीपमा नवगन्तुक विद्यार्थीलाई स्वागत



बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमबिच स्वागत गरिएको छ । विद्यालयको कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सिद्धार्थ कटेजमा गरिएको स्वागत कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनोसहित स्वागत गरिएको हो ।

सो कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा १२ को बोर्ड परीक्षामा विज्ञान सङ्कायबाट ३.७५ जिपिए ल्याई प्रथम हुने शर्मिला पन्थी, ३.६६ जिपिए ल्याई द्वितीय हुने अनिल घिमिरे, ३.६५ जिपिए ल्याई तृतीय हुने प्रवीन भट्टराई तथा व्यवस्थापन सङ्कायबाट ३.७२ जिपिए ल्याई प्रथम हुने सुस्मिता थापा र तारा सुनार,३.६६ जिपिए ल्याई द्वितीय हुने सुजल थापा मगर र ३.६५ जिपिए ल्याई तृतीय हुने कृति न्यौपानेलाई पुरस्कृत गरिएको थियो भने आफ्नो विषयमा शतप्रतिशत र अब्बल नतिजा ल्याउन योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो । विद्यालयबाट कक्षा १२ को बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीमध्ये १० जनाले ए प्लस, ५४ जनाले ए, १०१ जनाले बि प्लस, २७ जनाले बि र १ जनाले सि प्लस ग्रेडसहित ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले दीप बोर्डिङले गुणस्तरीय विद्यार्थी उत्पादन गरी शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए भने अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली र वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनीले विद्यालयको शैक्षिक उन्नयनको शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी बिराज पौडेलको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको प्रमुख आतिथ्यता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही ध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का ध्यक्ष यज्ञप्रसाद पङ्गेनी, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य वसन्तकुमार जोशी, वि.स.समिति सदस्य तथा लेखा प्रमुख रेखा श्रेष्ठ, प्रवीन श्रेष्ठ, विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, कक्षा ११ र १२ का सहसंयोजक अमर खत्री लगायत तहगत संयोजकहरूको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा ११ की अविप्सा आचार्यले स्वागत, कक्षा ११ की कसिस पाठकले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

हास्यव्यङ्ग्य कलाकार विष्णु जी पाण्डे माइलाबाको विशेष प्रस्तुति रहेको कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन र विविध रमाइला प्रस्तुति दिएका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थी द्वय आशिका भुसाल र वसन्त पौडेलले गरेका थिए ।

 

 

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ७ : १२ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत