१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरे : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगायका छन् ।

थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमती गरेको भन्दै तिब्र रोष प्रकट गरेका छन् ।

पार्टीको काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले लुकमा कायम ब्यवस्थाको नै अन्त्य जरुरी भएको समेत बताए ।

राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रीत हैन, जनता केन्द्रीत भएर जनता र देशको हितको लागि अगाडि बढ्ने सड्ढल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे । मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिबर्तन, महङ्गीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले विधिको शासनको उपहास भएको समेत जिकिर गरे ।

कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल ,श्याम घिमिरे, राजकुमार खड्का, दिबेश नापित लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नबप्रवेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ७ : १८ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले

भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत