१६ श्रावण २०८३, शनिबार | August 1, 2026

मुग्लिन-नारायणगढ सडक : पहिरो पन्छाउँदै गरेको लोडरमा ढुँगा खसेर क्षति

१२ बजे सम्म एकतर्फि सडक खुल्ने अनुमान



चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा सोमबार राती खसेको पहिरोका कारण अवरुद्ध सडक अझै खुल्न सकेको छैन । राती ८ बजेबाट अवरुद्ध सडक खुलाउन रातभरी साधन श्रोत परिचालन गर्दापनि खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउने क्रममा खसेको ढुँगाले पहिरो पन्छाउन प्रयोग भएको लोडरको अगाडीको भागमा क्षति भएको छ । लोडरको अगाडिको भागको सिसा फुटेपनि मानवीय क्षति नभएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दिउँसो १२ बजेसम्ममा सडक आवागमन एकतर्फी भएपनि खुलाउने प्रयास भइरहेको छ । अहिले सडक डिभिजनको २ वटा मेशिन नारायणगढतर्फबाट र १ वटा येक्साभेटर मुग्लिनतर्फबाट पहिरो पन्छाउने कार्यमा लागिरहेको छ ।

मुग्लिन नारायणगढ सडक हुँदै यात्रा यात्रीहरुलाई सडक कार्यालयले वैकल्पिक बाटो हुदै यात्रा गर्न अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ९ : ३० बजे

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),