१६ श्रावण २०८३, शनिबार | August 1, 2026

१७ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक



चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा सोमबार राती ८ बजेबाट अवरुद्ध सडक १७ घण्टापछि संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरको सक्रियतामा ३ वटा स्काभेटर प्रयोग गरि १२ः५५ बजेबाट सडक सुचारु भएको हो ।

राती ८ बजेबाट अवरुद्ध सडक खुलाउन रातभरी साधन श्रोत परिचालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउने क्रममा खसेको ढुँगाले पहिरो पन्छाउन प्रयोग भएको लोडरको अगाडीको भागमा क्षति भएको छ । लोडरको अगाडिको भागको सिसा फुटेपनि मानवीय क्षति नभएको कार्यालयले जनाएको छ ।

सडक डिभिजनको २ वटा मेशिन नारायणगढतर्फबाट र १ वटा एक्साभेटर मुग्लिनतर्फबाट पहिरो पन्छाउने कार्य परिचालन गरिएको थियो ।

 

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  १ : ०६ बजे

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न