२८ चैत्र २०८२, शनिबार | April 11, 2026

मानवता भन्दा ठुलो धर्म केही छैन : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले मानवता भन्दा ठुलो धर्म केही नभएको बताएका छन् । उनले मानवताको रक्षाका लागि गरिएका मानवता प्रर्वद्धन अभियानले ठुलो धर्मकमाएको भन्दै उनले मानिसको सेवामा लाग्ने जो कोही पनि सबैको लागि प्रीय पात्र बन्ने बताएका हुन ।

नेपाल मानव सेवा आश्रमको आयोजानमा रुपन्देहीमा सुरु भएको सप्ताहव्यापी १३ औ ज्ञान हस्तान्तरण कार्यक्रमलाइ संवोधन गर्दै प्रदेश प्रमुख शेरचनले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रर्वद्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताएका थिए । वि.स. २०८२ साल भित्र नेपालाई सडकसहयोग पेक्षिमानव मुक्त घोषणा गर्ने महान अभियान लिएर अगाडी बढिरहेको मानवसेवा आश्रमको उदेश्य र योजानको विषयमा आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल सम्म पु¥याउने समेत प्रतिवद्धता जनाए ।

वर्तमान समयमा दुखि, गरिब, सहयोगको अपेक्षा गरेका व्याक्तिहरुको सहयोग गर्नुनै मुख्य धर्म भएको भन्दै उनले सोही अनुसार योजना बनाएर लाग्नको लागि स्थानीय पालिका, सरकारलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नेपाल मानवसेवा आश्रममका संरक्षक डा. गोविन्द टण्डनले मानवता प्रर्वद्धन अभियान नेपालबाट सुरु भएर अव विश्वभर नै फैलिने बताएका थिए । उनले स्थानीय पालिकाहरुले मानवताको क्षेत्रमा काम गर्न जरुरी रहेको भन्दै उनले हाल सम्म १६ सय भन्दा व्याक्तिलाई मानवसेवा आश्रमले सेवा प्रदान गरिसकेको बताए । वि.स. २०६९ भदौ २३ गते स्थापना भएको संस्थाले छाटो समयमा नै देशका विभिन्न स्थानमा शाखा स्थापना गरी काम गर्दै आएको बताएका थिए ।

मानवसेवा आश्रम नेपालका अध्यक्ष तथा अभियान्ता रामजी अधिकारीले सबैको साथ र सहयोग भएमा नेपाल वि.स. २०८२ साल भित्रमा सहयोगापेक्षी मानव मुक्त सडक घोषणा हुने बताएका थिए । उनले घोषणा मात्रै नगरेर यसलाई पूर्णरुपमा कार्यान्वयनका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममाजिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले मानवभएपछि मानवको सेवा गर्नुनै सबैभन्दा ठुलो पुन्यको काम भएको बताएका थिए । यस्तै सिद्धार्थनर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकाले मानव सेवा आश्रमलाई प्रदान गर्दै आएको सहयोग अर्को बर्ष अझ बढि बढाउँदै लैजाने बताएकी थिईन ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका प्रशिक्षक रमण भट्राई, लुम्बिनी प्रदेश अध्यक्ष कमला दिदी, राष्ट्रिय अनुसन्धान कार्यालय रुपन्देहीका प्रमुख हुमाकान्त पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष राम राज पोखरेल, यो प्रशिक्षक डा. नेत्र आचार्य, लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी समितिका अध्यक्ष बाबुराम भुषाल, अभिभावकहरु लोकनाथ भुषाल,राजन आचार्यल लगायतले शुभकामना दिएका थिए ।

मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीका अनुसार ७ दिन सम्म चल्ने ज्ञान हस्तान्तरण कार्यक्रममा देशका ३६ वटा जिल्लाबाछ १ सय ५ जना युवा युवतीहरुको सहभागीता रहेको छ । मानिस असल बनाउनको लागि के कस्तो भुमिका निर्वाह गर्न सकिन्छ, समाज सेवा के हो, समाज सेवा संगैका अन्य क्रियाकलपा के के हुन लगायतका विषयमा विभिन्न प्रशिक्षकहरुले सहजीकरण गर्ने नेपाल मानवसेवा आश्रमका उपाध्यक्ष सुशिला केसीले जानकारी दिईन ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ५ : २८ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र