११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सभामुख घिमिरेद्वारा गौरा पर्वको शुभकामना



काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताएका छन ।

नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरुपमा मनाइने धार्मिक सांस्कृतिक महत्त्वको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन ।

उनले भनेका छन, “संस्कार र संस्कृति फरक भएकाले हामी नेपालीहरू विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।” उनले गौरा पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव कायम होस् भन्ने कामनासमेत व्यक्त गरेका छन ।

गौरा सुदूरपश्चिमको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिएको छ । पार्वतीले कठोर तपस्याका बाबजुत शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।

गौरापर्वले मानिसमा धार्मिक आस्था र आपसी सद्भाव बढाउन मद्दत पुर्याउने विश्वास गरिन्छ । यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

“गौरा पर्वलगायतका विभिन्न संस्कृतिमा आधारित पर्वले नेपालीबीच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले सन्देशमा भनेका छन ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : ४९ बजे

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने