६ पुस २०८२, आइतबार | December 21, 2025

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु



काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आज देखि काठमाडौंमा सुरु हुँदैछ ।

बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा पनि तय गर्नेछ । पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धी पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । बैठकले पार्टीलाई नयाँ ढङ्गबाट सञ्चालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्ने थापाले स्पष्ट पारेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राजसंस्था सम्बन्धी धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्रा.डा विष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ८ : ४२ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट