१९ बैशाख २०८३, शनिबार | May 2, 2026

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आज समापन हुदैँ, राजतन्त्रको अजेन्डामा फर्केको घोषणा गरिने



काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज समापन हुदैँछ । सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।

हिजोदेखी सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराई सकेका छन । सो बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रीय समिति समक्ष आफनो धारणा राखिसकेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन ।

राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत भईसकेको छ । जसको आधिकारिक घोषणा आज गरिनेछ ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ८ : ०२ बजे

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,

मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

११ वर्षीया प्रियंकाले आठ वर्षपछि उज्यालो देख्दा …

कालिकोट । कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि

नारायणगढ-बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको