१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रोट्रयाक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा न्यौपाने



तिलोत्तमा । रोट्रयाक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा सन्तोष न्यौपाने चयन भएका छन् । वर्ष २०२२/२३ का अध्यक्ष अनिकुमार अर्यालले २०२३/२४ का अध्यक्ष सन्तोष न्यौपानेलाई पद हस्तान्तरण गरेका हुन् । क्लबको १२ औं पद हस्तान्तरण तथा स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष अर्यालले वर्षभरी गरेका कार्यप्रगति एवं सामाजिक कामबारे जानकारी गराएका थिए ।

कार्यक्रममा पदभार ग्रहण गर्दै वर्ष अध्यक्ष न्यौपानेले निवर्तमान अध्यक्षले आगाडि सारेका नयाँ योजनालाई निरन्तरता दिँदै यो वर्ष केही नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै फिजिसियन डा नन्दु प्रसाद पाठकले रोट्रयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । रोट्रक्याट क्लबहरुले गरीब, दुखी, असहायहरुको क्षेत्रमा सक्दो सहयोग गदै आएको उनले बताए । रोट्रयाक्ट क्लब अफ रुपन्देहीले विगतदेखि सामाजिक क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन उनले आग्रह पनि गरे ।

रोट्रयाक्ट डिष्ट्रिकका डीआरआर इलेक्ट विक्रम क्षेत्रीले रोट्रयाक्ट रुपन्देहीले समाजमा आफनो छुटै पहिचान बोकेको क्लव हो, यो क्लबले विगत १२ वर्ष देखी नै थुपै सामाजिक कार्यहरु गदै आईरहेको कुरा उल्लेख गरे । उनले भने, रोट्रयाक्टमा आवद्ध भएर धरे कुरा सिक्न पाइन्छ र रोट्रयाक्टलाई सधैं माया गर्नु होला भन्दै मेम्बरहरुलाई हौसला प्रदान गरे। रोटरी क्लव संग सधैं हातेमालो गरेर अगाडी बढ्नु होला भन्दै क्लब बाट धेरै नयाँ कुरा सिक्न पाइन्छ भन्ने कुरा बताए । क्लबलाई डिष्ट्रिक्टको तर्फ बाट सधैं साथ र सहयोग रहने कुरा समेत बताए ।

स्पोन्सर क्लव रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष हरि लम्सालले रोट्रयाक्ट क्लब अफ रुपन्देहीसंग वर्ष भरि नै गर्ने विभिन्न कार्यक्रमहरुमा सहकार्य गरेर अगाडी बढने र क्लवको तर्फबाट सधै साथ र सहयोग रहने कुरा ब्यक्त गरे ।

त्यस्तै क्लबका संस्थापक अध्यक्ष प्रकाश गौतमले आफुले स्थापना गरेको क्लबले गर्दै आएको सामाजिक कार्यप्रति खुसी ब्यक्त गदै आगामी दिनमा पनि क्लबले यस्तै थुप्रै कार्यकम गर्दै समाजमा छुटै पहिचान गराउन सफल रहने बताए । कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ जोन २० का जेडआरआर माधब पराजुली, पूर्व अध्यक्ष हरि पन्थ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा तिलोत्तमा वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रे, रोट्रयाक्ट रुपन्देहीका पूर्व अध्यक्ष, रोटरी रुपन्देहीका पूर्व अध्यक्ष, बोर्ड मेम्बर, मेम्बर रोट्रयाक्टर, विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम संयोजक शालु पंगेनीको स्वागत तथा वर्ष २२/२३ का सचिव मिलन पंगेनी र वर्ष २३/२४ का सचिव भीम न्यौपानेको सञ्चालन र उपाध्यक्ष राम प्रकाश पाण्डेको धन्यवाद ज्ञापन मन्तब्य सहित कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ८ : ५८ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा