२१ भदौ २०८३, आइतबार | September 6, 2026

धरानमा १२ घण्टे निषेधाज्ञा जारी, नाकाहरुमा कडाई



धरान । सम्भाब्य झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले धरान र त्य आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले धरानको मुख्य शहर सहित त्यसआसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिनुका साथै मुख्य मुख्य केही क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म कायम रहने एसपी ढकालले बताए ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही ब्यक्तिहरुले प्रदर्शनको घोषणा गरेपछि शान्तिसुरक्षा बहाल राख्न भन्दै स्थानीय प्रशासनले निषाधाज्ञा लगाएको जनाएको छ । प्रदर्शनमा दुईपक्षिय झडपको सम्भावनालाई रोक्न कडाई गरिउको प्रशासनको भनाई छ ।

प्रहरीका अनुसार धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न नदिइने एसपी ढकालले बताए।

 

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ४ : ५३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त