३० बैशाख २०८१, आइतबार | May 13, 2024

दुर्घटना न्यूनिकरणका लागि सवारी व्यवस्थापन तथा चालक प्रशिक्षण कार्यक्रम



बुटवल । मानिसको लापरवाही कै कारण सवारी दुर्घटना बढेको र बर्षेनी धनजनको क्षति हुने गरेको सरोकारवाला निकायका प्रतिनिधीहरुले दावी गरेका छन् । पछिल्लो समय सवारी दुर्घटना बढ्नुका साथै ठुलो परिमाणमा धनजनको क्षति भएको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका हुन् ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिद्धारा आयोजित सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक व्यवस्थापन बिषयक चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागिहरुले सवारी दुर्घटनाबाट कयौंले ज्यान गुमाएका छन् भने कयौं गम्भिर घाईते भै उपचारकै क्रममा रहेको बताएका छन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार सडक दुर्घटनामा सवारी साधनतर्फ पनि करोडौं रकम बराबरको क्षति पनि भएको छ ।

कार्यक्रममा सहभागिहरुले अधिकांश दुर्घटनाको मुख्य कारक चालकको लापरवाही, यात्रुको लापरवाही र सडकको दुरावस्थानै सवारी दुर्घटना र धनजनको क्षतिको मुख्य कारण रहेको ट्राफिक प्रहरी, यातायात ब्यबसायी, मजदुरहरुका नेता र पत्रकारहरुले जिकिर गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका वरिष्ठ सहायक निरिक्षक नारद कार्कीले मानविय लापरवाही, सवारीमा यान्त्रिक गडबडी, जिर्ण सडक र प्राकृतिक प्रकोपका कारण दुर्घटना र धनजनको क्षति हुने गरेको बताए । मानिसको जिवन बचाउनु नै महत्वपुर्ण कुरा भएकोले लापरवाही नगर्न र मानिसको जिवन के हो भनेर मनन् गर्न समेत कार्कीले आग्रह गरेका छन् ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका संचालक तथा सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यवस्थापन समितिका संयोजक नारायण प्रसाद घिमिरेले सवारी चालक तथा सहचालकहरुले आफ्नो सिप कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको ब्यबहारमा सुधार ल्याउनु पर्ने कुरामा जोड दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य कृष्ण कंडेलले यातायात मजदुरहरुले पेशाप्रति जिम्मेबार भएर काम गर्न आग्रह गर्दै अधिकारका लागि एकताबद्ध भएर अघि बढ्न पनि सुझाव दिएका छन् ।

नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका सचिव जितेन्द्र खत्री, पत्रकार हरिश ढकाल, चालकहरु पृथ्वीनारायण श्रेष्ठ, राजु चौधरी लगाएतले दुर्घटना न्यूनिकरण र सवारी ब्यवस्थापनका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि निरन्तर जारी राख्नुपर्ने आवश्यक्ता औंल्याएका थिए । करिब २५ सय बसहरु संचालनमा रहेको पश्चिम नेपालले हरेक शुक्रबार चालक तथा सहचालकहरुका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : ३१ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट