१० चैत्र २०८२, मंगलबार | March 24, 2026

दुर्घटना न्यूनिकरणका लागि सवारी व्यवस्थापन तथा चालक प्रशिक्षण कार्यक्रम



बुटवल । मानिसको लापरवाही कै कारण सवारी दुर्घटना बढेको र बर्षेनी धनजनको क्षति हुने गरेको सरोकारवाला निकायका प्रतिनिधीहरुले दावी गरेका छन् । पछिल्लो समय सवारी दुर्घटना बढ्नुका साथै ठुलो परिमाणमा धनजनको क्षति भएको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका हुन् ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिद्धारा आयोजित सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक व्यवस्थापन बिषयक चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागिहरुले सवारी दुर्घटनाबाट कयौंले ज्यान गुमाएका छन् भने कयौं गम्भिर घाईते भै उपचारकै क्रममा रहेको बताएका छन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार सडक दुर्घटनामा सवारी साधनतर्फ पनि करोडौं रकम बराबरको क्षति पनि भएको छ ।

कार्यक्रममा सहभागिहरुले अधिकांश दुर्घटनाको मुख्य कारक चालकको लापरवाही, यात्रुको लापरवाही र सडकको दुरावस्थानै सवारी दुर्घटना र धनजनको क्षतिको मुख्य कारण रहेको ट्राफिक प्रहरी, यातायात ब्यबसायी, मजदुरहरुका नेता र पत्रकारहरुले जिकिर गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका वरिष्ठ सहायक निरिक्षक नारद कार्कीले मानविय लापरवाही, सवारीमा यान्त्रिक गडबडी, जिर्ण सडक र प्राकृतिक प्रकोपका कारण दुर्घटना र धनजनको क्षति हुने गरेको बताए । मानिसको जिवन बचाउनु नै महत्वपुर्ण कुरा भएकोले लापरवाही नगर्न र मानिसको जिवन के हो भनेर मनन् गर्न समेत कार्कीले आग्रह गरेका छन् ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका संचालक तथा सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यवस्थापन समितिका संयोजक नारायण प्रसाद घिमिरेले सवारी चालक तथा सहचालकहरुले आफ्नो सिप कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको ब्यबहारमा सुधार ल्याउनु पर्ने कुरामा जोड दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य कृष्ण कंडेलले यातायात मजदुरहरुले पेशाप्रति जिम्मेबार भएर काम गर्न आग्रह गर्दै अधिकारका लागि एकताबद्ध भएर अघि बढ्न पनि सुझाव दिएका छन् ।

नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका सचिव जितेन्द्र खत्री, पत्रकार हरिश ढकाल, चालकहरु पृथ्वीनारायण श्रेष्ठ, राजु चौधरी लगाएतले दुर्घटना न्यूनिकरण र सवारी ब्यवस्थापनका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि निरन्तर जारी राख्नुपर्ने आवश्यक्ता औंल्याएका थिए । करिब २५ सय बसहरु संचालनमा रहेको पश्चिम नेपालले हरेक शुक्रबार चालक तथा सहचालकहरुका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ८ : ३१ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर