१२ पुस २०८२, शनिबार | December 27, 2025

एमाले सचिवालयको बैठक आजदेखि सिरहामा बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका-१४ सर्रे अम्बासमा बस्न लागेको हो ।

भदौ ९ गतेबाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आज सुरु हुन लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन विभागका प्रमुखहरु बैठकमा सहभागी हुने छन् ।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिरहालाई बैठकस्थल चयन गरेको जनाएको छ ।

सोही ठाउँमा २०४६ सालमा तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन भएको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ७ : ०१ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका