९ चैत्र २०८२, सोमबार | March 24, 2026

बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसीविरुद्ध अख्तियारले चलायो भ्रष्टाचारको मुद्दा



बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको कार्यालय प्रमुख रहँदा गरेको भ्रष्टाचार अभियोगमा तत्कालिन डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

केसीमाथि बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट एकजना सेवाग्राहीको सुन लिई फिर्ता नगरेको र सेवाग्राहीले फिर्ता माग्दा रकम माग गरेको आरोप छ । प्रहरी प्रधान कार्यालयको टोलीले केसीको निवासबाट नगदसहित सुन बरामद भएको थियो ।

अनुसन्धानको क्रममा उनले २०७९ मंसिर २५ गते ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन अनुसन्धान भन्दै बरामद गरेर १५ दिनसम्म आफू कार्यरत कार्यालयको निवासमा लुकाएर राखेको खुलेको थियो ।

उनले प्रहरीको कुनै निकायमा जानकारी नदिई सेन धनीसँगै मोलमोलाई सुरु गरेको खुलेको आयोगका प्रवक्ता दाहालले बताए ।दाहालका अनुसार १५ दिनसम्म सुन आफैंसँग गोप्य राखी सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुसको मोलमोलाई गरी ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजारको चेक लिएको समेत पुष्टि भएको थियो ।

उनीविरुद्ध कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनी प्रहरी सेवाबाट बर्खास्तमा परिसकेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ६ : १९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११