१७ असार २०८३, बुधबार | July 1, 2026

पाकिस्तानले नेपाललाई दियो ३ सय ४३ रनको विशाल लक्ष्य



काठमाडौं । एसिया कप २०२३ मा नेपाललाई पाकिस्तानले ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदको आक्रामक शतकमा पाकिस्तानले उक्त योगफल बनाएको हो ।

पाकिस्तानले पूरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । ५.३ ओभरको समाप्तिमा पाकिस्तानले २१ रन बनाएर दुई विकेट गुमाएको अवस्थामा क्रिजमा आएका कप्तान आजमले क्रिज सम्हाल्दै पाकिस्तानलाई बलियो स्कोरतिर अघि बढाएका हुन् ।

आजमले शतक बनाउने क्रममा १०९ बल शतक पूरा गरेका हुन् । उनले समग्रमा १३१ बल खेल्दै १५१ रन बनाए । यसैगरी इफ्तिखार अहमदले नटआउट १०९ रन बनाए ।

ओपनरद्वय फाखर जामनले २० बलमा जम्मा १४ रन बनाएर बाहिरिए । करण केसीले फाखर जमानलाई आसिफ शेखबाट क्याचआउट गराएका हुन् भने अर्का इमाम-उल-हक जम्मा ५ रन बनाएर रनआउट भए ।

यसैगरी सन्दीप लामिछानेले आघा सलमानलाई ५ रनमा क्याचआउट गराए । त्यसपछि नेपाललाई विकेटका लागि अन्तिम ओभर कुर्नुपर्‍यो । अन्तिम ओभरमा सोमपाल कामीले कप्तान आजम र साधव खानलाई आउट गरेका हुन् ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ७ : १७ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज