१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले फितलो खेल प्रदर्शन गरेको छ । नेपालले बलिङ र ब्याटिङ दुबैमा कमजोर खेल प्रदर्शन गर्यो । पाकिस्तानको मुल्तान रङ्गशालामा टस हारेपछि नेपालले पहिला बलिङ गरेको थियो ।

पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनायो । तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपालको पारी एक सय चार रनमै समेटियो । पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हरायो ।

पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तीखार अहमदले शतक प्रहार गरे । आजमले एक सय ३१ बल खेल्ने क्रममा चार छक्का र १४ चौकाको मद्दतमा एक सय ५१ रन बनाए । एक सय ३ एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो । नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सयभन्दा बढी बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् ।

पाकिस्तानका अर्का खेलाडी अहमदले ७१ बल खेल्दै अविजित एक सय नौ रन बनाए । यस क्रममा अहमदले चार छक्का र ११ चौका प्रहार गरे । ३२ वर्षीय अहमदको १५औँ एकदिवसीय खेलमा यो पहिलो शतक हो । उनले एकदिवसीय खेलमा एक अद्र्धशतकसमेत प्रहार गरेका छन् । यस्तै पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले दुई तथा सन्दिप लामिछाने र करण केसीले एक एक विकेट लिए ।

तीन सय ४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका लागि शदाब खानले चार, शाहीन शाह अफ्रिदी र हरिश रउफले दुई दुई तथा नशिम शाह र मोहमद नवाजले एक एक विकेट लिए ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ९ : ५६ बजे

वर्षाले जलेश्वर जलमग्न

जलेश्वर । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध

‘गल्छी-रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

नुवाकोट । ‘गल्छी-रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको

फलामखानीको थप अनुसन्धान गरिँदै

काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

काठमाडौं । एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि