१५ भदौ २०८३, सोमबार | August 31, 2026

जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन् । नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको उल्लेख गर्नुभएको छ । “विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताका सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने सरकारको सङ्कल्प छ”, उनले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सरकारका तर्फबाट लिइएका पहल देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित रहेको बताए । “यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता तथा सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पु¥याउनसमेत आम जनसमुदायमा अपिल गर्दछु”, उनले भनेका छन् ।

प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमका रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् । जाति, भाषा र पर्वको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गरेको जनाउँदै उनले यो सबै नेपालीका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गाईजात्रा र जनैपूर्णिमा (ऋषितर्पणी) पर्वले सबै नेपालीलाई राष्ट्र निर्माणको साझा भावनाद्वारा प्रेरित भई सामाजिक सद्भाव र एकतासहित पारिवारिक आत्मीयता, प्रेम र खुसी कायम गर्न सकोस भनी शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ९ : ३९ बजे

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको