३० बैशाख २०८१, आइतबार | May 12, 2024

नेपालको नक्सालाई बुच्चे देखाएको विरोधमा मेयर बालेनद्वारा चीन भ्रमण रद्द



काठमाडौं । चीनले नेपालको बुच्चे नक्सालाई मान्यता दिएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन् ।

मेयर शाहले चीनले हालै जारी गरेको नक्शाप्रति आपत्ति जनाउँदै भ्रमण रद्द गरेका हुन् । बिहीबार बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जिकिर गरेका छन् । शाह आजै पाँच दिने भ्रमणका लागि चीन जाने कार्यक्रम थियो ।

मेयर शाहले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालकोसंवेदनशीलतामाथि चालेको गलत कदम भएको जिकिर गरेका छन् ।

बालेनले लेखेका छन् : हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  २ : १४ बजे

छ दशकदेखि एउटै कुर्चीमा बसेर ज्ञान बाँड्दै लालचन्द्र

बागलुङ । तपाईँलाई आज हामी कम्तिमा ६० वर्ष पुरानो किताब

राष्ट्र बैंक रिपोर्ट : महंगी घट्यो

काठमाडौं । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र

लुम्बिनीका दुई प्रदेश सांसद जसपामा खुले

बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी

सभामुखले बोलाएको बैठक बिना निष्कर्ष सकियो, कांग्रेसको अडान यथावत

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक,

लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४ औं नर्सिङ दिवस

बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४