७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण : इन्सेक



काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटना लापरबाही र उदासिनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
बालसुधार गृहमा रहेका एक बालकको मृत्यु भएपछि सुधार गृहबाट बालबालिका भागेको तथा प्रहरीसँगको झडपका सम्बन्धमा इन्सेकले स्थलगत अध्ययन गरेको थियो ।
अध्ययन प्रतिवेदनमा बालसुधार गृहमा न्यूनतम सुविधा पनि नभएको पाइएको उल्लेख छ । साथै न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप)को लापरवाही र प्रशासनको उदासिनताका कारण उक्त घटना भएको अध्ययनको निष्कर्ष छ ।
प्रतिवेदनमा सुधार गृहमा रहेका १८ वर्षे कमल बस्नेतले होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर पठाएको उल्लेख छ । साथै बस्नेत भदौ ३ गते विहान छ बजेतिर अचेत अवस्थामा फेला परेपछि मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको प्रतिवेदनमा उल्लेख छ ।
ज्वरो र पिलोका कारण बिरामी बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण मृत्यु भएको अध्ययनका क्रममा पाइएको छ । मन्थली नगरपालिका–३, कठजोरका बस्नेतको यही भदौ ३ गते बिहान ६ बजेतिर मृत्यु भएको थियो ।
बस्नेतको मृत्यु भएपछि त्यहाँ रहेका अन्य बालबालिका तथा मृतकका आफन्त आन्दोलित भएका थिए । उनीहरुले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै माग गरेका थिए । सोही क्रममा प्रहरीसँगको झडपपछि सुधार गृहभित्र रहेका दुईसय २१ जना बालबालिका सुधार गृहको पछाडिको ढोका फोडेर बाहिर भागेका थिए ।
कारागार व्यवस्थापन विभाग मातहत रहेको र युसेप नेपालको व्यवस्थापनमा मध्यपुरथिमी नगरपालिका–२ सानोठिमीमा सञ्चालित बाल सुधार गृहमा जिल्ला अदालत रामेछापको २०७७ जेठ २९ गतेको आदेशपछि बस्नेत थुनामा थिए ।
“बालसुधार गृहका सम्बन्धमा दीर्घकालीन रूपमा बालसुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको अन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको छ”, प्रतिवेदनमा भनिएको छ ।
अध्ययन प्रतिवेदनमा बाल सुधार गृहको सञ्चालनको जिम्मा सरकारले नै लिनुपर्ने र सुधार गृहलाई सुधार गृहकै रुपमा विकास गर्न आवश्यक भएको तथा सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक भएको उल्लेख छ ।
सुधार गृहभित्र रहेका बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था नगरेको, मानसिक स्वास्थ्यमा हेरचाह नगरेको, खानपिन, खानेपानीको प्रबन्ध नगरेको र वृत्ति विकासका लागि कुनै पहल नगरेको जनाउँदै भदौ ४ गते सुधार गृहका बालबालिका आन्दोलित भएका थिए ।
प्रहरीसँगको झडपका क्रममा नेपाल प्रहरीतर्फ ११ जना र सशस्त्र प्रहरीतर्फ आठ जना गरी १९ जना र १० जना बालक घाइते भए । घाइते बालकमध्ये रबरको गोली लागेका ९घाइतेका आफन्तको भनाइअनुसार० एक जनाको अवस्था गम्भीर छ । घाइते बालकको राष्ट्रिय ट्रमा सेन्टरको आइसियूमा उपचार भइरहेको छ । घटनापछि बाहिर निस्केका दुई सय २१ बालकमध्ये चार जना अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ४ : १५ बजे

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत

आजको मौसम : कोशी, मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ